कर्ण मल्लसहित १८ नेता कांग्रेस बीपीमा प्रवेश, कसले के जिम्मेवारी पाए ?

काठमाडौं – नेपाली कांग्रेसबाट निकालिएका कर्ण बहादुर मल्लसहित १८ जना नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका छन्।

उनीसहित १८ जना नेताहरु एकैपटक नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका हुन् । उनीहरुले नेपाली कांग्रेस (बीपी) मा प्रवेश गर्नेवित्तिकै महत्वपूर्ण जिम्मेवारीसमेत पाएका छन् ।

नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका डडेलधुराका कर्ण मल्लले बरिष्ठ उपसभापति पद सम्हालेका छन् । उनी पूर्व प्रदेश सांसदसमेत हुन् । यसअघि नेपाली कांग्रेसबाट प्रदेश सांसद बनेको भएपनि पार्टीको निर्णय विपरित काम गरेको भन्दै पार्टीले उसलाई कारबाही गरेको थियो ।

यस्तै नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका दाङका हेमन्त बहादुर मल्लले महामन्त्री पद सम्हालेका छन् । डडेलधुराकै करुणाकर भट्ट केन्द्रीय सदस्य बनेका छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरुमा डडेलधुराका हरिप्रसाद भट्ट र तहरिसिंह बोहोरासमेत रहेका छन् । यस्तै दाङका पुष्कल पन्त (अधिवक्ता), स्याङ्जाका विश्वकान्त अधिकारी (अधिवक्ता), काठमाडौंका सुन्दर सिंह मेयर बोहरा, कालिकोटाका लक्ष्मी प्रसाद कोइराला रहेका छन् ।

यस्तै भक्तपुरका टिकिन्द्र कार्की। सिन्धुलीका इश्वर देवकोटा, दाङकी श्रीमती कौशला चौधरी, काठमाडौंका मुना थापा, झापाका राम तामाङ्ग, परासीका पंकज अधिकारी, मोरङका राम चन्द्र गौतम, भक्तपुरका बद्रि फैजुर दोलखाका कृष्ण बहादुर पोखरेल पनि केन्द्रीय सदस्य बनेका छन् ।

यस्तै नेपाली कांग्रेस बीपीले संघीय सरकारवाट हाल प्रस्तुत नागरिकता विधेयक अविलम्ब खारेज गर्न सरकारसग माग गरेको छ । बढ्दो महंगीलाई अबिलम्ब नियन्त्रण गरि जिविकोपार्जनलाई सरल बनाउनसमेत नेपाली कांग्रेस बीपीले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको