पेलोसीको ताइवान भ्रमणबारे बल्ल बोल्यो ह्वाइट हाउस, चीनलाई दियो यस्तो सन्देश

ह्वाइट हाउसले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे फेरि एकपटक स्पष्टीकरण दिएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारिन जो–पियरेले सभामुखलाई आफूले चाहेको ठाउँमा जान पाउने अधिकार रहेको बताएकी छिन् ।

ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै क्यारिन जो–पियरले भनिन्, ‘हामीले सहायता मात्रै प्रदान गर्छौँ । उनी कहाँ जाने भन्ने विषयमा हामी निर्णय गदैनौँ । यो उनकै निर्णय हो । तपाईंलाई थाहा नै छ कि राष्ट्रपति आफैँ ३६ वर्षसम्म सिनेटर थिए । त्यसैले उनले यो तथ्य बुझ्नेछन् । तर यसले अमेरिकाको दीर्घकालीन नीतिमा कुनै असर भने पार्दैन ।’

उनले थपिन्, ‘पेलोसीको ताइवान भ्रमणले अमेरिकी नीतिमा कुनै पनि परिवर्तन हुने छैन भन्ने कुरा हामीले पूर्ण रुपमा स्पष्ट पारिसकेका छौँ । ’

क्यारिन जो–पियरले भनिन्, ‘यसकारण चीनले यो भ्रमणलाई संकटका रूपमा हेर्न आवश्यक छैन । यो भ्रमणको बहानामा चीनले ताइवान स्ट्रेट वरपर आफ्नो आक्रामक सैन्य गतिविधि बढाउन आवश्यक छैन ।’

उनका अनुसार राष्ट्रपति बाइडेनले गत हप्ता चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका छन् । उनीहरुबीचको यो पाँचौँ भेटवार्ता थियो । उनी थप्छिन्, ‘उनीहरूबीच वार्ता जारी छ र हामी चीनसँग यही चाहन्छौँ । ’

जी–सेभेन देशहरूले चीनको व्यवहारको आलोचना गरेका थिए । अमेरिका पनि जी–सेभेन को सदस्य हो ।

हालै, चीनको चेतावनी पछि पनि न्यान्सी पेलोसीले ताइवानको यात्रा गरिन् । चीनले आफ्नो ‘एक चीन नीति’ अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ ।

पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ । उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ । धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेको ताइवानले बताएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको