चोलेन्द्रले आज पनि खोले कांग्रेस र माओवादीको पोल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूलाई संवैधानिक परिषद्को बैठकमा नाजनु भनेको खुलासा गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कांग्रेस र माओवादीले आफूलाई संवैधानिक परिषदमा जानबाट रोक्न खोजेको खुलाएका छन्।

आइतबार महाअभियोग सिफारिस समितिमा तेस्रो दिनको बयान दिँदै उनले यस्तो बताएका हुन्। संवैधानिक दायित्व सम्झिएर आफूले त्यसलाई अस्वीकार गरेको उनले बताएका छन्।

‘यतिकुरा छर्लंग सबैले बुझ्दा हुन्छ। प्रधानन्यायाधीशले दलको प्रतिनिधित्व र नेतृत्व गर्दैन। तर दोश्रो पटक संवैधानिक आयोगहरुमा नियुक्ति जुन भयो। त्यतिबेला उहाँहरुको प्रधानन्यायाधीश सहभागी नभइदियोस् भन्ने चाहना थियो। मैले गम्भीर भएर सोचेँ। संविधानले दिएको दायीत्वबाट बिमुख हुन मिल्दैन भनेर म सहभागी भएँ’, चोलेन्द्रले भने।

संविधानले दिएको दायित्व पूरा गर्दा आफूमाथि महाअभियोगसम्मको संकट आएको उनले बताए।

‘दुख:का साथ भन्नु पर्छ। दलहरुको चाहना थियो त्यहाँ नगइदियोस्। संविधानले दिएको दायीत्व हो, प्रधानन्यायाधीश अनुपस्थित हुँदा भविष्यमा कस्तो म्यासेज जाला भनेर मैले अस्वीकार गरेर गएँ। सभामुख र विपक्षी दलको नेता उपस्थित हुनु भएन,’ उनले भने।

संवैधानिक आयोगहरुमा त्यो बेलाको कानुन अनुसार नै भएको बताउँदै उनले कुनै पनि व्यक्ति अयोग्य छन् भन्ने प्रश्न नउठेको र प्रक्रियाको कुरामा मात्रै विवादमा आइरहेको उनले बताए।

आफूमाथि महाअभियोग पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले नै लगाएको उनले बताए। यसकारण आफूलाई महाअभियोग लाग्ने अवस्था नभएको पनि उनले जिकिर गरे।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको