उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे ?

काठमाडौं – सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो ।

ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौंको सिडिओ बनाइएको छ भने काठमाडौँका सिडिओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएको छ ।

कास्कीमा सिडिओ रहेका जयनारायण आचार्यलाई ललितपुरमा ल्याइएको छ । यसैगरी, कास्कीको सिडिओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी सिडिओ विजया प्रसाईँ पनि मन्त्रालयमा तानिएकी छन् भने जुम्लामा मुकेशकुमार केसरीलाई पठाइएका छन् ।

यस्तै, दैलेखमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखमा रहेका हरि प्याकुरेललाई बाँकेको सहायक सिडिओ बनाएर पठाइएको छ ।

बाँकेका सहायक सिडिओ टोपेन्द्र केसीलाई बाराको सिमरा इलाका प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने पाँचथरमा सिडिओ रहेका सुरेश न्यौपानेलाई गृहमन्त्रालय तानेर गणेश गैरेलाई पाँचथरको सिडिओ बनाइएको छ ।

यसैगरी, संखुवाभाका सिडिओ नुरहरी खतिवडालाई सप्तरीको सिडिओ बनाइएको छ भने सप्तरीका सिडिओ जनार्दन गौतमलाई उदयपुर र उदयपुरमा सिडिओ रहेका वीरेन्द्र यादवलाई संखुवासभा सरुवा गरिएको छ ।

निर्वाचन आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू भईसकेको भन्दै नयाँ नियुक्ति, बढुवा र सरुवा रोकिसकेको अवस्थामा गृहले सिडिओ सरुवा गरेको हो । गृहले आचारसंहिता लागू हुनु अघिको मिति राखेर सरुवाको निर्णय गरेको हुनसक्ने बताइएको छ ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको