नेपालमै पहिलो पटक ‘नेल च्याम्पियनसीप’ हुँदै, विजेतालाई के-के छ पुरस्कार ?

अजय लेन्सम्यान,काठमाडौँ- नेपालमै पहिलो पटक नेपाल नेल च्याम्पियनसीप २०२२ हुने भएको छ । द जगस्टग नेलआर्टको आयोजनामा यही भाद्र २५ गते शनिबार काठमाण्डौंमा यो आयोजना हुन लागेको हो।

 च्याम्पियनसीपमा प्रथम हुने विजेतालाई ५० हजार नगद तथा प्रमाणपत्र र पदक प्रदान गरिनुका साथै द जगस्टग नेल आर्ट दुबाई शाखामा रोजगारको व्यवस्था समेत गर्ने आयोजक संस्थाका संस्थापक निर्देशक सुनिलजंग मल्लले जानकारी दिए ।

त्यस्तै, विजेताले दुबाइ नेल च्याम्पियनसीप २०२३ को प्रतिस्पर्धामा समेत भाग लिने अवसर प्राप्त गर्नेछ । लामो समयदेखि  स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै नेलआर्ट, नेल एक्सटेन्सन, नेल हाइजिनमा काम गर्दै आइरहेको द जगस्टग नेलआर्टले हाल नेपाल लगायत दुबाइ, साउदी, कतार लगायतका मिडिल इस्ट देशमा आफ्नो शाखा विस्तार गरेको छ  ।

संस्थाका संस्थापक निर्देशक मल्लका अनुसार सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने मात्र नभएर सयौं नेपालीलाई रोजगारी समेत दिइरहेको द जगस्टग नेलआर्ट डियोले नेपालको सौन्दर्य क्षेत्रमा पहिलो पटक यस्तो किसिमको नेल प्याजेन्ट गर्ने आट गर्नु भनेको नेपाल र नेपाली कलालाई विदेशी स्तरसम्म चिनाउने र फैलाउने मुल लक्ष्य तथा उद्धेश्य रहेको बताए ।

नेपाल नेल च्याम्पियनसीप २०२२ मा दुबाइ नेल च्याम्पियनसीपका निर्देशक गलिना स्पाइरलिंग, दवाइ नेल च्याम्पियनसीपका निर्णायकहरु सनिलजंग मल्ल, सरस्वती मल्ल अधिकारी र मारिया मुख्य निर्णायकका रुपमा छन् भने फ्लोर निर्णायकमा निरज जिरेल, किरण मल्ल, निता लामा र एनी निरौला रहनेछन् ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको