यस्ता छन् आज सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णयहरू

राजनीतिक मुद्दा लागेका व्यक्तिलाई माफी दिन अध्यादेश ल्याउने सहित मन्त्रिपरिषद् बैठकले सात वटा निर्णय गरेको छ।

मंसीर २५ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सोमबार सार्वजनिक गरिएको छ। जसमा राजनीतिक मुद्दा लागेका व्यक्तिलाई माफी दिने व्यवस्था गरिएको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय पनि छ।

सरकारले रेशम चौधरी सहित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई माफी दिन अध्यादेश ल्याउने निर्णय गरेको हो। यसको विभिन्न राजनीतिक दलले विरोध गरेका छन्।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई हेरेर अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरिएको दाबी गरेका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याउने लागिएको बताएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याउने लागिएको बताएका हुन्।

‘आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उदेश्यका साथ यो अध्यादेश हामीले सम्माननीय राष्ट्रपतिमा सिफारिस गरेका छौं,’ कार्कीले भने।

उनले विगतका सरकारहरुले पनि यस्तो प्रकृतिका अध्यादेशहरु ल्याएको स्मरण गराउँदै मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निमित्त अध्यादेश ल्याउने निर्णय गरिएको पनि जिकिर गरे।

‘विगतका सरकारले पनि यस किसिमका अध्यादेशहरु जारी गरेको छ। यस किसिमले माफी दिने कुराहरु सहमति गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, ‘यो अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निमित्त सम्माननीय राष्ट्रपतिमा मन्त्रिपरिषदले सिफारिस गरेको छ।’

अध्यादेशको पार्टीकै महामन्त्रीहरु र अन्य दलका नेताहरुले विरोध गरिरहेका छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिप्रश्न गर्दै भने, ‘मुलुकलाई अहिले के चाहिएको छ? मुलुकलाई अहिले शान्ति चाहिएको छ। एकता चाहिएको छ। विकास र समृद्धि चाहिएको छ। त्यसका निमित्त सबैको योगदान रहोस् भन्ने उदेश्यका साथ यो अध्यादेशको सिफारिस गरिएको छ।’

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको