कोरोना कहर : सरकारी रवैया र राहतको नौटंकी 

  • टीकाप्रसाद भट्ट

कोरोनाको कारण लकडाउन घोषित भएपछि अहिले खासै अरु काम छैन् । यो बेला कोरोनाभन्दा बाहेक अरु विषयमा ध्यान पनि जान सक्दो रहेनछ । कोरोनाबाट कुन देशमा कति क्षति भयो रु कति विरामी छन् र कति निको भए र ? औषधिको खोज भयो, भएन लकडाउनको अवधिमा के भयो र ? यस्तै कुरा विद्युतिय संचारमाध्यमबाट जानकारी लिन बाहेक अन्य सबैथोक टाढा छन् ।

नेपालमा कोरोना संक्रमण हुन नदिन सरकारले गरेको निर्णय र त्यसपछि नागरिकले भोगेको सास्तीका कुरा मिडियामार्फत ताजा जानकारी भई नै रहन्छ । यो अवधिको बीचमा कतिपय त आफ्नै जिल्लाका नागरिकले नमिठो पिडा भोगेको समेत देख्न पाईयो । पिडा भोगेका नागरिकको सास्तीका कुरा सुन्दा सरकारले के गरेको यस्तो रु भनेझैं लाग्छ । फेरि सरकारले नराम्रो गरिहालेको जस्तो पनि लाग्दैन् । आफ्ना नागरिकलाई रोगको संक्रमण हुनबाट बचाउन सरकारले बन्दाबन्दी जस्तो यति ठूलो निर्णय लिएको छ । यसमा सबैले सहयोग गर्नुपर्ने जस्तो पनि कताकता नलागेको होइन । तर पछिल्ला दिनका सरकारी रवैयाले सरकार प्रतिको सदासयतालाई धेरैको मनासपटलबाट ओझेलमा पार्ने काम भएको छ । आफ्नो सरकारप्रति नागरिकले गर्व गर्नुपर्ने हो । तर रोष पोख्न थालिएको छ । सडकमा छताछुल्ल रोष र सरकारलाई सरापेका शब्द असरल्ल हुन थालेका छन् ।

लकडाउनको निर्णय जतिवेला भयो, देश एक किसिमले चलायमान अवस्थामा थियो । यातायात मात्र होइन, कलकारखाना चलेका थिए, उद्योग व्यवसाय संचालनमा थियो । विकास निर्माण र कार्यालयहरु सूचारु थिए । रोग भित्रिन्छ भनेर सरकारले हतारमा लकडाउन लगायो । सबै काम ठप्प भए । प्रयाप्त सूचना र व्यवस्थापन गरेर मात्र लकडाउन लगाएको भए अहिलेको जस्तो गाईजात्रा अवश्यै पनि देखिदैनथ्यो ।

चौथो चरणको लकडाउन प्रारम्भ हुँदाको बखतसम्म नागरिक आफ्नो ठाउँमा पुग्न सकेका छैनन् । सडकमा हिंड्नेले अहिले सरकारी सुरक्षाकर्मीबाट कुटाई खान थालेका छन् । प्रहरीको निन्दनिय व्यवहारको सामना गर्नुपरेको छ । अझ पछिल्लो चरणमा त एक जिल्लाबाट अर्को जिल्लामा हिंड्नसमेत प्रतिबन्द लगाएपछि नागरिकहरु घर न घाटको भएका छन् । बसेको ठाउंँबाट हिंडिसकेको तर घरसम्म पुग्न नपाउँदा जीवनमा नभोगेको पीडा उनीहरुले भोगिरहेका छन् । उनीहरुको पिडा सरकारले बुझ्न्र्दैन ? के ति नागरिकहरु अब सडकमा मरुन ? उनीहरुका लागि कोरोनाभन्दा पनि ठ्र्रूलो यही सरकारको व्यवहार भएन र ? कोरोना रोग लाग्दा त धेरै बाँंचेका पनि छन् तर खाना र छाना बिना नागरिकलाई सडकमा अलपत्र पार्ने मात्र होइन, अझ कुटपिट र अपमान गर्ने सरकारी रवैयाले उनीहरुलाई मर्नु न बाँच्नु भएको छ । उनीहरु बांँचेर पनि मरेका जस्ता भएका छन् ।

पछिल्लोपटक सरकारले सडकमा पैदल यात्रा गर्ने पहुँंच नभएका निरीह नागरिकलाई होइन, ठुलालाई हुने गरी सवारी पासको तारतम्य गरेको छ, ई–पास । ई–पास हाम्रो मुलुकको दुर दराजका ज्यामीहरुको पहुँचमा पक्कै छैन् । सरकारको ढोकैमा पुगेर जदौ गरेर मुखले माग्ने काम मात्र गर्ने हुन उनीहरुले । नेपाली भाषामा ठाडो निवेदन लेख्न नआउने नागरिक भएको मुलुकमा सरकार ई –पासको तगारो लगाउँछ । अदृष्य छ त्यो ई–पास । जान्नेलाई पनि ई–पासको सेवा लिन झन्झट छ । ई –पासका लागि आवेदन पुग्यो पुगेन, हुन्छ हुदैन ? मान्छे भन्न जाँदा र आफ्नो समस्या दर्शाउँदासमेत सवारी पास नदिने सरकारका ठालु अधिकारीहरु त्यो टेबलमा राखेको नबोल्ने कम्प्युटरमा कसैले पठाएको आवेदन केलाएर यसलाई सांँच्चै मर्का परेको रहेछ भनेर ई–पास पठाइ दिईहाल्ने खालका पक्कै छैनन् । जसको हात जगन्नाथ भनेझैँ उनीहरुलाई सरकारी प्लेटका गाडी तयार हुन्छन् अनि पास आफ्नै हातमा छन् । उनीहरु अड्किदैनन्। प्रहरीको ठाडो भनाई खाँदैनन् बरु उल्टै सलाम खालान् । पैतालामा फोका उठाएर हप्तौं हिंड्दैनन् । फुको चिउरा चपाएर राति चौतारामा सुतेको अनुभव पनि उनीहरुलाई छैन् । त्यसमाथि खान नपाएको भोको पेट उनीहरुले अनुभव गरेकै छैनन् । रोग व्याधी छल्दै संसारका सवैभन्दा प्यारा आफ्ना घर परिवारका सदस्यलाई भेट्नका लागि यस्तो कष्ट हुन्छ भन्ने उनीहरुले सोचेका पनि छैनन् ।

त्यसैले त सडकमा भेटिएका क्रिया बस्न आएको छोराले सिमाना कट्न नपाउँदा भारतमै क्रिया बसेको कुरा सुन्दा कसका रौं ठाडो नहोलान् । आफ्नो ज्यानको बाजी लगाएर अस्पतालमा दिनभरी विबिरामी जाँचेर लखतरान भएका डाक्टरले घर फर्कंदा बाटैमा भकुरिनु पर्दा कस्को मन रुदैन ? यस्तो व्यवहारले कसलाई उपचार गर्ने गर्ने उर्जा मिल्छ ? जीवनमा कसैलाई भनि नबिझाएका असल मानिसले बिनासित्ति सडकमा प्रहरीको हप्की र दप्की खानु परेको छ । मानौं राज्य माथि (प्रहरी) माथि ठूलै आक्रमण हुँदैछ । त्यो पनि नागरिक तहबाट । त्यसैले उनीहरु (प्रहरी) नागरिकलाई अब देख्नासाथ आक्रमण गर्दैछन् । अपमान गर्दैछन् । कराउने र तर्साउने काम गरिरहेका छन् ।

सरकार जान्दो हो त पहिले नै अन्तर्राष्ट्रिय उडान बन्द गर्थ्यो । भारतसँगको सीमामा कडाई गर्थ्यो । भारतबाट आउने सबैको नाम नामेसी टिप्थ्यो । उनीहरुको स्वास्थ्य परीक्षण गर्दथ्यो । नाम ठेगानका आधारमा उनीहरुलाई बेग्लै सवारीको व्यवस्था गरेर सिधै आफ्नो घर पायकको स्थानमा रहेको क्वारेन्टाइनमा अनिवार्य बस्ने गरी सरकारी अधिकारीमार्फत पठाउँथ्यो । परीक्षण किट सर्वत्र उपलब्ध गराउँथ्यो । जसलाई संक्रमण देखिएको छ, उसको परिवारलाई निगरानीमा राख्थ्यो ।

सडकमा हिंडिरहेका नागरिकलाई एक ठाउँमा भेला गराएर स्वास्थ्य परीक्षण गर्दथ्यो र उनीहरुलाई संक्रमण नदेखिए घर पठाइदिन सक्थ्यो । भाडा नागरिकले नै दिन्थे । यस्तो कार्यले एकातिर परीक्षण समेत हुन्थ्यो र अर्कोतिर रोग सार्ला भन्ने चिन्ताले छि, छि र दुर दुरजस्तो व्यवहार सहनु पर्देनथ्यो । सडकमा नागरिकले बेहोर्नुपर्ने सास्ती र सरकारी रवैयाप्रति धारे हात लगाईरहनु पर्दैनथ्यो । तर अहँ, यी काम समयमा नै भएनन् ।

त्यतिमात्र होइन, गाउँमा पुगेका (जो विदेशबाट आएका हुन) ले म बाहिरबाट आएको भन्दाभन्दै पनि माया गरेकोजस्तो गरेर आफ्नै घरमा (क्वारेन्टाईन) बस्न छोड्ने काम भयो । देखाउनका लागि हरेक पालिकाका क्वारेन्टाईन बनाइए । फोटो फेसबुकमा राखिए । अनि दिनदिनै गनियो – बेडसंख्या । यति बेड र उति बेड भनेर तथ्यांक र प्रतिवेदन खेलाईए । भिषण भाषण गरिए । स्याबास र धन्यवादका गाथा फेसबुक भरि भेटिए , शेयर भए । तर ति क्वारेन्टाइनमा बाहिरबाट आएका नागरिकलाई राख्ने ऑट कसैले गरेनन् । त्यहाँ बाहिरबाट आएकालाई राख्दा मुलभुत रुपमा दुईटा कुरा गर्नु पर्दथ्यो । पहिलो क्वारेन्टाइनमा बसेकालाई स्थानीय सरकारले खानपिनको व्यवस्था र दोश्रो त्यहाँ बस्नेको स्वास्थ्यकर्मीबाट नियमित स्वास्थ्य परीक्षण । अपवादबाहेक अधिकांश स्थानीय तहमा उक्त काम गर्न रुचि देखाइएन। क्वारेन्टाइनमा राख्दा अनावश्यक झन्झट आईलाग्ने डरले स्थानीय सरकारले नागरिकलाई आफ्नै घरमा छोडिदियो र भन्यो होम क्वारेन्टाइन्मा बसेका छन्। अनि क्वारेन्टाइनमा बसेर बिना सुरक्षण सामग्री कोरोनाको परीक्षण गर्नुभन्दा बरु घर पठाइदिए हुने कुरामा स्वास्थ्यकर्मीले पनि मुन्टो हल्लाईदिए । यसले स्थानीय सरकारको क्वारेन्टाईन व्यवस्थापन खर्च घट्यो भने स्वास्थ्यकर्मीको काम र त्रास दुवै। जसको परिणाम आज एकबाट परिवारका अन्यमा कोरोना पुगेको त्रास सर्वत्र छ । र यो लहरो कति लामो छ भन्ने कुराको टुंगो पनि छैन् ।

पहिले त लु भएन, भएन । अझै भारतबाट नेपाल फर्कने क्रम जारी छ । भारतबाट सीमा छलेर (जो जहां भेटिन्छ त्यहाँ ) आउने को हो ? सरकारसँग कुनै जानकारी छैन् । उ कहाँ को हो र कता गयो ? भन्ने कुराको अन्यौलले सरकार कुहिरोको काग भएको छ । यसले परीक्षणका लागि जति तयारी भएपनि सरकारले जसलाई परिक्षण गर्नुपर्ने हो तर छोडिरहेको अवस्था छ । यसले नेपाली पुरानो उखान फेरि एकपटक स्मरण गराएको छ । उखान भन्छ – अर्थ न वर्थ गोविन्द गाई, टाउकोको औषधि नाईटामा लार्इ । जब तथ्यांक नै छैन भने सरकारी तयारी र श्रोत साधनको सहि अर्थमा प्रयोग हुन सक्दैन नै ।

कोरोनाको रोकथाम तथा तयारीका लागि सरकारले ठूलै धनराशी खर्चदैछ । न्यून मूल्यका सामग्री खरिद गर्दा अत्याधिक मूल्य हालेको कुराले चर्चा कमाएको मात्र छैन्, अख्तियारको समेत विषय बनेको छ । फेरी अख्तियार छल्न कै लागि औषधि किन्न सेनालाई जिम्मा दिनेजस्तो अनौठो काम पनि यही बेला भएको छ । कोरोनाले कति संक्रमण ल्याउछ ? त्यो भोलीको कुरा । तर राज्यका केहि व्यक्तिलाई यसैले लैजाने कुरा चाँहि पक्का भइसकेको छ ।

सडकमा नागरिकलाई भैंसी कुटेझैँ कुट्ने र अपराधिजस्तो बाटो छेक्ने सरकार फेरि तिनै नागरिकलाई राहत वितरण गर्ने नाममा अर्को नौटंकी पनि गर्दैछ । अहिले हरेक स्थानीय तहमा राहतको तरङ्ग छ । कसले राहत पाउने र कतिसम्म पाउने ? महामारी कोरोना रोगको कुरा पर पुगिसक्यो । ओझेलमा परेको छ । मानौं रोग प्राथमिकतामा छैन । अहिलेको लागि राहत प्राथमिकतामा छ । घरमा भकारी भरी अन्न भएका र पैसा आसामी लगाउनेहरु राहतको लागि नाम टिपाउन दौडधुप गरिरहेका छन् । अल्पसंख्यक बाहेक बहुसंख्यक जनप्रतिनिधि यहि बेला राहतको पोको थमाउन पाए भोलीको दिनमा भोट कुम्ल्याउन पाइएला भन्ने सोचले सबैलाई राहत दिनुपर्छ भनेर कराउँदैछन्मा, माग्दैछन् । उनीहरुलाई पनि कोरोनाको त्रासभन्दा राहतको पोका प्यारो भएजस्तो अनुभुति भइरहेको छ ।

लकडाउन कहिले सम्म ? यो प्रश्न धेरैको जिज्ञासा भएर अघि आउन थालेको छ । कसैले यसको जवाफ अनुमान समेत लगाउन सकेका छैनन् । भारतमा संक्रमणको अवस्था भयाभयह बन्दै गएको छ । खासगरी विदेशको यात्रा गरेर आएका (पहिचान भएका) हरुका कारण नेपालका विभिन्न स्थानमा यसको संक्रमण देखा परेको छ । यहि अवस्थामा लकडाउन खोल्दा भोली सम्हाल्न नसकिने अवस्था पनि आउन सक्छ । तर सधैं, अविछिन्न, लामो अनिश्चित अवधि सम्म लकडाउन लगाएर मुलुक अघि बढ्न पनि सक्दैन ।

तसर्थ सरकारले कोरोनाको परिक्षणका लागि किटको प्रयोगलाई व्यापकता दिई परिक्षण कार्य अभियानको रुपमा लिन सक्नुपर्छ । भारतको सीमामा ज्यादै कडाई गर्नुपर्छ । नेपाल फिर्ने नागरिकलाई अब सीमामै क्वारेन्टाइनमा राखेर निश्चित अवधि सकिएपछि (परिक्षण समाप्त गरी) मात्र घर पठाउनुपर्छ । उनीहरुलाई अपमान गरेर भारततिरै फर्काउने होइन । गाउँमा राहतको नाटकहोइन, त्यसमा खर्च हुने पैसा जोगाएर अस्पतालहरु सुविधा सम्पन्न बनाउन र विस्तार गर्नुपर्छ । बिरामीको उपचारमा रहेका स्वास्थ्यकर्मीको सुरक्षणमा ध्यान दिनुपर्छ । अनि देशमा उद्योग धन्दा, विकास निर्माण, आवागमन र बन्द व्यवसाय खोल्नुपर्छ । यसो गरे मात्र मात्र भोलीका दिन सहज हुनेछन् ।

सिफारिस

कालापानी-लिपुलेक भारतको हो भन्ने मेटमणि चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको...

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२...

तोकिएको लक्ष्य हासिल गर्ने गरि काम गर्न मन्त्रीहरूलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई...

तिम्बुङ ट्रेल रन: पाँचथरका विशाल राई भए प्रथम

तिम्बुङ ट्रेल रनमा पाँचथर फिदिम–१४ का विशाल राई प्रथम...

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा...

माधव नेपालले पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्तिझैं कब्जा गरे : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

धेरै पढिएको