५० वर्षअघिको तस्बिर सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले सम्झिए १४ वर्षे जेल जीवन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५० वर्ष अघिको आफ्नो तस्बिर सार्वजनिक गर्दै १४ वर्षे जेल जीवनको स्मरण गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा ओलीले वि.सं.२०३० साल असोज २३ गते साथी केआर खम्बुसँग खिचिएको आफ्नो तस्बिर सार्वजनिक गरेका हुन्।

जुन तस्बिर ओली पञ्चायती व्यववस्थाले गिरफ्तार गर्नुअघि खिचिएको थियो। त्यतिबेला उनी २१ वर्षका युवक थिए।

‘आधा शताब्दी नै भएछ। आज भन्दा ५० वर्ष अगाडी, २०३० साल असोज २३ गते साँझ ६ बजे रौतहटको इनरबारीबाट कोपुवा जाँदैगर्दा गन्तव्यमा पुग्नु केही मिनेट अगाडी म गिरफ्तारीमा परेको थिएँ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसै क्षणपछिको १४ वर्ष मेरा लागि भयानक दुर्दिन सुरु भएका थिए।’

गिरफ्तारपछि आफूलाई चरम यातना दिइएको स्मरण पनि उनले गरेका छन्।

‘नेल- हत्कडी, गोलघरको चिसो छिंडी र बिरालोले छाउरा सारे झैं २५ पल्टको जेल सरुवा, अहिले एउटा रोमाञ्चक सम्झना मात्र बनेको छ,’ उनले अगाडि लेखेका छन्, ‘ती दिन, महिना र वर्षहरु, त्यो समय, त्यो प्रणाली र त्यसबेलाका पात्रहरु, भोगाइहरु फिल्मको रीलजस्तो याद आइरहन्छन्।’

सिफारिस

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार रमिता छुँजुलाई प्रदान

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गर्नुभएको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’  यस वर्ष फोटो पत्रकार रमिता छुँजुलाई...

राष्ट्रिय फोटो पत्रकार समूहको १५ सदस्यीय नयाँ नेतृत्व चयन, अध्यक्षमा वन्त

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिवेशन सम्पन्न भएको छ।  शनिबार काठमाडौँमा आयोजना गरिएको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सकियो छठ पर्व (तस्वीरहरू)

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहको १५ सदस्यीय नयाँ नेतृत्व चयन, अध्यक्षमा वन्त

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सकियो छठ पर्व (तस्वीरहरू)

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको...

राज्यमन्त्री कान्छारामको कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

काठमाडौं - प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले...

अस्ताउँदो सूर्यको पूजा गर्दै यसरी मनाइयो छठ (तस्वीरहरू)

काठमाडौं-  छठ पर्वको आज मुख्य दिन। अस्ताउँदो सूर्यलाई अर्घ्य...

पाटन दरबार क्षेत्रमा कार्तिक नाच सुरु

काठमाडौँ - तीन सय ८३ वर्षदेखि चलेको कार्तिक नाच...

ललितपुरको दल्चोकीमा ढकमक्क फुलेको तोरी (तस्वीरहरू)

ललितपुर - ललितपुरको कोन्ज्योसोम गाउँपालिका ३ दल्चोकीमा तोरी फुलेर...

धेरै पढिएको