जमरालाई नफाल्नुस्, यस्ता छन् यसका फाइदै- फाइदा

काठमाडौँ – दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाइदिने परम्परा छ।

शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनहरुबाट लिइने आशीर्वादको दशै‌मा छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। घटस्थापनाका दिन घरको सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा शुद्ध माटोमा जौ,मकैलाई जमराको रुपमा छर्ने गरिन्छ।

धार्मिक हिसाबमा जमरा राख्ने आफ्नै आफ्नै संस्कृति छ। यसरी घटस्थापनाका दिन विभिन्न धार्मिक विधि अपनाएर राखिएको पहेलो जमरा टीकाको दिन टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदैँ मान्यजनहरूले लगाइदिने परम्परा रहेको छ। धार्मिक हिसाबले जमरालाई समृद्धिको प्रतीक मानिएका छन्।

तर दशैंमा जमराको जति महत्व छ स्वास्थ्यको हिसाबले पनि जमराको उत्तिकै महत्व रहेको छ। जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुँदैन। नियमितरुपमा जमराको अचार, सलाद, तरकारी, जुस सेवन गर्नाले हाम्रो शरिरमा आवश्यक पर्ने विभिन्न तत्वहरु पाइन्छ।

पहेलो जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधि हो, जसले स्वास्थ्यका लागि निकै फाइदा पुर्‍याउँछ।

गहुँको जमरा प्राचीनकालदेखि नै लोक तथा आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुँदै आएको छ। यसलाई अहिले आधुनिक चिकित्सामा समेट्ने समेत प्रयास गरिँदै छ। बजारमा बट्टामा बन्द गरिएका जमराका केही जुसहरू पनि पाइन्छन्। यसलाई घरमै पनि तयार गर्न सकिन्छ।

जमरामा विशेषगरी भिटामिन, खनिज, एमिनोएसिड आदि पाइन्छ जमराले कलेजमा भएको विषाक्त पदार्थलाई हटाउन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन, पाचन शक्ति मजबुत बनाउन, रगत सफा राख्न मद्दत गर्छ ।

क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउने हुनाले मधुमेहलाई फाइदा गर्छ। यस्तै जमरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, प्रोटिन पनि पाउने गरिन्छ। ससले गर्दा जमरा दशैंमा धार्मिक हिसाबले जति महत्वपूर्ण छ। स्वास्थ्यको हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको पाइन्छ।

जमराको जुसमा भिटामिन ए, बी, सी, ई, थाइमिन, फलाम, पोलीफिनोल, क्लोरोफिल तथा खनिज प्रसस्त पाइन्छ। जसले कलेजोको विषाक्त हटाउँछ, साथै आन्द्रा सफा गर्न मद्दत गर्छ।

जौ पौष्टिक गुणयुक्त अन्न हो । चिकित्सा विज्ञानमा यसलाई औषधिका रूपमा लिने गरिन्छ । त्यसैले जौको जमरालाई सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ ।

पछिल्लो समय जमराको जुस बनाएर खाने प्रचलन बढेको छ । आयुर्वेदमा जौ लाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छ ।

छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, रक्तचाप, घाउ, चोटपटकलगायत स्वास्थ्य समस्यामा जमराको जुसलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।

हरियो जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । जमरामा प्रशस्त क्लोरोफिल हुने भएकोले एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ, जसले कोषलाई छिटो बुढो हुनबाट बचाउँछ र शरीर तन्दुरुस्त राख्न मद्दत पुर्‍याउँछ ।

शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको