जमरालाई नफाल्नुस्, यस्ता छन् यसका फाइदै- फाइदा

काठमाडौँ – दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाइदिने परम्परा छ।

शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनहरुबाट लिइने आशीर्वादको दशै‌मा छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। घटस्थापनाका दिन घरको सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा शुद्ध माटोमा जौ,मकैलाई जमराको रुपमा छर्ने गरिन्छ।

धार्मिक हिसाबमा जमरा राख्ने आफ्नै आफ्नै संस्कृति छ। यसरी घटस्थापनाका दिन विभिन्न धार्मिक विधि अपनाएर राखिएको पहेलो जमरा टीकाको दिन टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदैँ मान्यजनहरूले लगाइदिने परम्परा रहेको छ। धार्मिक हिसाबले जमरालाई समृद्धिको प्रतीक मानिएका छन्।

तर दशैंमा जमराको जति महत्व छ स्वास्थ्यको हिसाबले पनि जमराको उत्तिकै महत्व रहेको छ। जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुँदैन। नियमितरुपमा जमराको अचार, सलाद, तरकारी, जुस सेवन गर्नाले हाम्रो शरिरमा आवश्यक पर्ने विभिन्न तत्वहरु पाइन्छ।

पहेलो जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधि हो, जसले स्वास्थ्यका लागि निकै फाइदा पुर्‍याउँछ।

गहुँको जमरा प्राचीनकालदेखि नै लोक तथा आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुँदै आएको छ। यसलाई अहिले आधुनिक चिकित्सामा समेट्ने समेत प्रयास गरिँदै छ। बजारमा बट्टामा बन्द गरिएका जमराका केही जुसहरू पनि पाइन्छन्। यसलाई घरमै पनि तयार गर्न सकिन्छ।

जमरामा विशेषगरी भिटामिन, खनिज, एमिनोएसिड आदि पाइन्छ जमराले कलेजमा भएको विषाक्त पदार्थलाई हटाउन र ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन, पाचन शक्ति मजबुत बनाउन, रगत सफा राख्न मद्दत गर्छ ।

क्यान्सरको उपचार लगायत विभिन्न किसिमका भिटामिन, इन्जाइम, खनिजलगायत महत्वपूर्ण तत्व हुन्छ । रोग प्रतिरोध क्षमता बृद्धि गर्ने गुण र मासुभन्दा बढी प्रोटिन एवं शरीरमा चोटपटक लाग्दा छिटो निको गराउने हुनाले मधुमेहलाई फाइदा गर्छ। यस्तै जमरामा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, प्रोटिन पनि पाउने गरिन्छ। ससले गर्दा जमरा दशैंमा धार्मिक हिसाबले जति महत्वपूर्ण छ। स्वास्थ्यको हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको पाइन्छ।

जमराको जुसमा भिटामिन ए, बी, सी, ई, थाइमिन, फलाम, पोलीफिनोल, क्लोरोफिल तथा खनिज प्रसस्त पाइन्छ। जसले कलेजोको विषाक्त हटाउँछ, साथै आन्द्रा सफा गर्न मद्दत गर्छ।

जौ पौष्टिक गुणयुक्त अन्न हो । चिकित्सा विज्ञानमा यसलाई औषधिका रूपमा लिने गरिन्छ । त्यसैले जौको जमरालाई सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ ।

पछिल्लो समय जमराको जुस बनाएर खाने प्रचलन बढेको छ । आयुर्वेदमा जौ लाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छ ।

छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, रक्तचाप, घाउ, चोटपटकलगायत स्वास्थ्य समस्यामा जमराको जुसलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।

हरियो जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । जमरामा प्रशस्त क्लोरोफिल हुने भएकोले एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ, जसले कोषलाई छिटो बुढो हुनबाट बचाउँछ र शरीर तन्दुरुस्त राख्न मद्दत पुर्‍याउँछ ।

शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको