सिन्धुलीगढी घुमेर हेर्दा… (फोटो फिचर)

‘सिन्धुली गढी’ भन्ने वित्तिकै उही कृष्ण विक्रम थापाले गाएको ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार’ भन्ने गीतको पंक्तिले जो कोहीको मानसपटलमा एक फन्को मार्छ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. २ र ३ मा अवस्थित महाभारत श्रृंखलाको करिब १४५० मिटर उचाईमा रहेको छ ‘सिन्धुली गढी’ । ठूलो गढी, सानो गढी, टुँडीखेल, शिद्धबाबा मन्दिर, गढी दरवार, अदालत/ जेलघर तथा बडा हाकिम बस्ने घर रहेको सम्पूर्ण स्थानलाई समष्टिगत रुपमा सिन्धुलीगढीको रुपमा चिनिन्छ । मल्लकाल, शाह वंशिय शासनकालमा सिन्धुलीगढी लडाईंको लागि मात्र प्रयोग नभई प्रशासनिक कार्यको लागि समेत महत्वपूर्ण स्थान रहेको देखिन्छ।

गौरवमय ईतिहास बोकेको सिन्धुलीगढी पुगेपछि पुर्खाको बहादुरी पुर्खाले डिलेईङ्ग एक्सन ब्याटलद्वारा धेरै गुना ठूलो अत्याधुनिक हातहतियारद्वारा सुसज्जित आक्रमणकारीलाई परास्त गरि सानो ठूलो गढीलाई सुरक्षित राखेको गौरव गाथा देख्न सकिनेछ ।

सिन्धुलीगढीको मूल उद्देश्य पुर्खा र ईतिहासप्रतिको सम्मान हो । मातृभूमि रक्षा, कल्याण र सम्मान प्रतिको कर्तव्यभाव पनि हो ।

पूर्वमा ठूलो गढी । ५ सय मिटर पश्चिम सानो गढी । दुबै गढीमा बेजोड स्वतन्त्रसँग नेपालका झण्डा फहराईरहेको । बीचमा सिद्धबाबा मन्दिर, अदालत जेलघर, युद्ध संग्रहालय । सानो गढीबाट ७ सय मिटर पश्चिममा सिन्धुलीगढी दरबार । स्याहार संभार मर्मत पाएर बेहुली झैं सिगारिएकी सिन्धुलीगढी ।  निकै परसम्म हरियो बनजंगल र सुन्दर शान्त प्रकृति । अथवा, प्रकृतिको माझमा झन् सुन्दर सिन्धुलीगढी ।

 

‘सिन्धुलीगढी घुमेर हेर्दाका गायक स्वर्गीय कृष्ण विक्रम थापाको शालिक

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको