यात्रा संस्करण: बिर्सनै नसकिने अन्नपूर्ण आधार शिविरको यात्रा (फोटो फिचर)

काठमाडौं – पर्यटकीय नगर पोखराबाट नजिक पर्ने ट्रेकिङ्हरुमध्ये एक हो अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ् । यस ट्रेकमा एकै पटक आधा दर्जन भन्दा धेरै हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

हामी ४ जना (लमजुङबाट अंकित भाइ र आयुश भाइ, चितवनबाट सौरभ भाइ अनि म) ले यो ट्रेक मिलेर गर्ने निर्णय गर्यौं । हामीले यस ट्रेकको शुरुआत सबेरै विहान ५ बजे उठेर पोखराको पृथ्वीचोकबाट ट्याक्सी चढेर हरि चोकमा गयौँ।

त्यहाँबाट हाईसमा करिब ९ बजे झिनु पुलसम्म यात्रा गर्यौँ । हुन त बागलुङ बसपार्कबाट ठुला बस अनि साना गाडीहरु क्यू मा छुट्ने रहेछ । हामीले छिटो अनि सहजताको लागि सिधै गयौँ । अनि शुरु भयो हाम्रो पैदल यात्रा।  लगभग २ घण्टाको निरन्तर उकालो यात्रासंगै छोमरोङ डाँडामा पुगियो ।

शुरुमै ठाडो उकालो हिड्नु पर्दा चाहीँ बेर्थै ट्रेकिङ आईएछ झैँ महसुस हुने रहेछ | छोमरोङमा खाना खाएर उकाली ओराली गर्दै करिब १ घण्टामा लोअर सिनुवा पुगियो | त्यसपछि उकाली अनि तेर्सो बाटोको यात्रा गर्दै करिब डेढ घण्टाको यात्रापछि अपर सिनुवा पुगियो ।

फेरि उकालीओराली गर्दै करिब डेढ घण्टाको यात्रापछि ब्याम्बु पुगियो । यात्राको पहिलो दिन त्यहीँ बस्यौँ । भोलिपल्ट बिहान उठेर ब्रेकफास्ट गर्दै करिब ७ बजे पैदल यात्रा शुरु गरियो । चराचुरुङ्गीको चिरबिर आवाज खोलाको सुस्केरा अनि त्यो जाडो मौसमको चिसो सिरेटोसंगै १ घण्टाको यात्रापछि हामी दोभानमा पुग्यौँ ।

यात्रालाई निरन्तरता दिँदै करिब डेढ घण्टामा हामी हिमालयमा पुग्यौँ । करिब २ घण्टाको उकालो यात्रासँगै हामी देउराली पुगियो । यात्राको क्रममा थकित भएका थियौँ । त्यहा खाना खायौँ । आराम गर्यौँ । फेरि इनर्जी बूस्ट गर्दै उकाली यात्रालाई निरन्तरता दिँदै करिब २ घण्टाको यात्रापछि समुन्द्री सतहबाट ३,७०० को उचाइमा रहेको माछापुच्छ्रे बेस क्याप पुगियो ।
हुन त हामीसँग अन्नपूर्ण बेस क्याम्प पुग्नको लागि नि पर्याप्त समय थियो । तर पनि समुन्द्री सतहबाट ४,१३० को उचाइमा रहेको अन्नपूर्ण बेस क्यापमा अलि बढी जाडो हुने, चिसो हावा चल्ने अनि लेक लाग्ने सम्भावना बढी भएकाले माछापुच्छ्रे बेस क्याम्प मै बस्ने निर्णय गरियो। यात्राको तेस्रो दिन बिहान ४ बजे नै उठेर अन्नपूर्ण बेस क्याम्पको यात्रा शुरु गरियो । करिब २ घण्टाको निरन्तर यात्रापछि हाम्रो गन्तव्य अन्नपूर्ण बेस क्याम्प पुगियो । आहा! क्या रमाइलो । ती रमणीय अनि मनमोहक एकैपटक आधा दर्जन भन्दा धेरै सेता सर्लक्क परेका हिमशृङ्खलाहरूको अवलोकन गर्ने सुनौलो मौका मिल्यो ।

केहिबेरमा सुर्योदय पनि प्रत्यक्ष अवलोकन गरियो । अनि पो झन मज्जा आयो । सुनमा सुगन्ध थपिए झैँ भयो । रमणीय अनि मनमोहक प्राकृतिक सुन्दरतामा रमाउन पाउँदा नमरिकनै स्वर्ग देख्न पाएको महशुस भयो । आँखाको लेन्सबाट लिन सकिने आनन्द क्यामेरामा कैद गर्न नसकिने रहेछ । करिब २ घण्टाको अन्नपूर्ण बेस क्याम्प बसाईसँगै हामी त्यहाँबाट फर्किने निर्णयमा पुग्यौँ ।

केहिबेरको ओरालो यात्रापछि हामी माछापुच्छ्रे बेस क्याम्प आइपुग्यौँ । त्यहाँबाट ब्रेकफास्ट गरेर फर्किन शुरुसार कस्यौँ । उकाली चढ्नुभन्दा ओराली झर्नु धेरै सजिलो अनि छिट्टो हुने रहेछ । त्यसैले हामी चाँडै देउराली, हिमालय हुँदै दोभान झरेर खाना खाइयो । फर्कने क्रमलाई निरन्तरता दिँदै ब्याम्बु, अपर सिनुवा हुँदै लोअर सिनुवामा झरेर बास बस्यौँ । भोलिपल्ट चौथो दिन हामी उठेर ब्रेकफास्ट गरेर उकाली यात्रा गर्दै डेढ घण्टामा छोमरोङ्ग पुग्यौँ । अनि आधा घण्टाको ओराली यात्रापछि सँगै झिनु पुलमा पुगियो ।

पैदल यात्राको समापन गरियो । अनि पोखरा आउने हाईसमा चढियो । करिब साढे ३ घण्टाको यात्रापछि पोखरा आइयो र अनगिन्ती यादगार पलहरु मनमा सङ्गाल्दै आधिकारिक रुपमा अन्नपूर्ण बेस क्याम्प ट्रेकिङको समापन गरियो |

दसैँको बिदा पनि भएकोले ट्रेकिङ जानेको लर्को थियो । स्वदेशी तथा विदेशी पर्यटकले अधिकांश होटलहरू भरिभराउ थिए ।अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ् ट्रेल राम्रो र सहज भएकाले ४ दिनमा पूरा गर्न सकिन्छ । अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ्गका लागि कति खर्च लाग्ला भन्ने प्रश्न धेरैलाई लाग्न सक्छ ।

४ दिनका लागि बिहान बेलुकाको दालभात खान र बस्नका लागि १५ हजार भए पुग्छ । बाटोमा खानका लागि काजु, किसमिस, ओखर, बदम, बिस्कुट, क्याटबरी चक्लेट भने आफूले छुट्टै लैजानुपर्छ साथै छुटाउनै नहुने चाहि लसुन, टिमुर, ल्वाङ, तातोपानी पिउने सानो थर्मस अनि लेक लाग्न सक्ने सम्भावना रहेकाले केही औषधी पनि ।

कविराज श्रेष्ठ
मन्थली नगरपालिका-६, रामेछाप ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको