मौसम: अब केही दिन पानी नपर्ने

फेरि अब केही दिनलाई वर्षाको सम्भावना टरेको मौसमविद्ले बताएका छन्। डेढ महिनाको अन्तरालपछि यही माघ १ गते पानी पार्ने मौसमी प्रणाली (पश्चिमी वायु) भित्रिएको थियो। तर त्यो प्रणाली बिहीबार (माघ ४ गते) बाट हटेको हो।

जसका कारण आगामी केही दिनलाई अब देशभर कतै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।

उनका अनुसार माघ १ यता अहिलेसम्म सबैभन्दा बढी वर्षा दोलखाको जिरीमा वर्षा भएको छ। ‘एक हप्तामा जिरीमा १५.९ मिलिमिटर वर्षा भएको छ’, मौसमविद् अधिकारीले शुक्रबार बिहान भने, ‘माघ १ गते भित्रिएको प्रणालीले सबैभन्दा बढी गराएको वर्षा त्यही हो। त्यो पनि एक हप्ताभरिमा।’

उनका अनुसार उक्त मौसमी प्रणालीले देशका पहाडी भेगका एक/दुई स्थानमा मात्र त्यो पनि हल्का वर्षा गराएको हो। ‘तराईमा त वर्षा नै भएन’, उनले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भयो।’

मौसमविद् अधिकारीका अनुसार हिउँदका बेला वर्षा गराउनले पश्चिमी वायुले हो। अहिले त्यो कमजोर भएको छ।

‘केही दिनअघि बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावले पश्चिमी वायुलाई सहयोग गर्दा वर्षाको सम्भावना बढेको थियो’, उनले भने, ‘अहिले त्यसको प्रभाव पनि आउन छाड्यो, पश्चिमी वायु पनि कमजोर भयो, त्यसैले अबका केही दिन वर्षाको सम्भावना देखिन्न।’

उनका अनुसार केही प्रदेशमा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना भने छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेुिटनमा दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ।

यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

यस्तै राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

यस क्रममा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

सिफारिस

क्रिकेटर सन्दीपसहित सशस्त्र प्रहरीका १५ खेलाडीको विशेष बढुवा

सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ। २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एक...

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले यस व्यवस्थाले आप्रवासीको दुरुपयोग भएको दाबी गर्दै जन्मसिद्ध...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजाेर बनाउने प्रयासमा रहेकाे बताउनुभएकाे छ । मंगलबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल सम्मानित

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी...

माओवादीले फेरि माग्यो राजीनामा

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका...

सरकारीमा बिरामीको चाप घटाउन स्वास्थ्य मन्त्रीद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्यको प्रस्ताव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा...

सुप्रिम सहकारी प्रकरण: भैरहवा पुगे रवि लामिछाने

काठमाडौं - सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता...

धेरै पढिएको