काठमाडौं – सरकारले जारी लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि २५ वैशाखसम्म थप्ने निर्णय गरेको हो।
कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसका आधारमा हाललाई लकडाउनको अवधि बढाउने निर्णय भएको एक मन्त्री बताइन्।
यसअघि २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढाएको लकडाउनको समय भोलि राति १२ बजे सकिँदैथियो।
यसअघि उच्चस्तरीय समितिको हिजो १३ वैशाखमा बसेको बैठकले आन्तरिक तथा हवाई उडान आउँदो २ जेठसम्म बन्द गर्ने निर्णय गरिसकेको छ।