बंगलादेशमा अब के हुन्छ ?

ढाका – बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेदले आन्दोलनको बलमा सोमबार राजीनामा दिएर देश छोडे पनि अब बंगलादेशमा के हुन्छ भन्ने अन्योल यथावत छ ।

तत्काललाई सेनाको रेखदेखमा मुलुकको सुरक्षाव्यवस्था भए पनि अब अन्तरिम सरकारमा को–को सामेल हुन्छन् भन्ने बारेमा तय भइसकेको छैन ।

अन्तरिम सरकारमा को हुन्छ र विद्यार्थीले त्यो स्वीकार गर्छन् कि गर्दैनन् भन्नेले महत्व राख्नेछ । बंगलादेशमा अझै पनि तनाव कम भइसकेको छैन । पूर्वप्रधानमन्त्री तथा हसिनाका कट्टर प्रतिद्वन्दी खालिदा जियाले सर्वसाधारणलाई शान्त हुन आग्रह गरेकी छन् ।

चुनावी प्रक्रियाबाट नै आएको पूर्ववर्ती सरकार आन्दोलनको बलमा हटेपछि त्यहाँको लोकतन्त्र के हुन्छ भन्ने बारेमा अन्तर्राष्ट्रिय जगतबाट चासो व्यक्त भइरहेको छ । उनीहरूले लोकतन्त्रको सुनिश्चितता खोजेका छन् ।
बंगलादेशको प्रभावशाली छिमेकी भारत भने अहिलेसम्म सार्वजनिक रूपमा बोलिसकेको छैन ।
सेनाले त्यहाँको सत्ता लिइहाल्ने अवस्था भने नभएको अन्तर्राष्ट्रिय समाचारहरूमा जनाइएको छ । ती समाचारअनुसार सेनाले सत्ता लिएमा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना मिसनबाट उसले हात धुनुपर्ने भएकाले सेनाले अन्तरिम सरकारकै लागि पहल गर्नेछ ।

सेना प्रमुखले अन्तरिम सरकार बन्ने सोमबार पनि बताइसकेका छन् । यद्यपि, अन्तरिम सरकारमा को–को हुन्छन् भन्ने प्रष्ट भइसकेको छैन । आगामी २४ घण्टा भित्र त्यसबारेमा प्रष्ट हुन सक्ने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिना सोमबार साँझ करिब सवा ६ बजे भारतको गाजियावादको डासनास्थित भारतीय वायुसेनाको हवाई अड्डामा सी–१३० विमानबाट उत्रिएकी थिइन् ।

साँझ करिब साढे ७ बजे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले शेख हसिनासँग कुराकानी गरेको बीबीसी हिन्दीले जनाएको छ । भारत सरकारले सोमबार राति बंगलादेशको अवस्थाको बारेमा छलफल गर्न उच्चस्तरीय बैठक गरेको समेत जनाइएको छ । तर, सो बैठकमा के भयो भन्ने सार्जजनिक गरिएको छैन ।

एएफपीका अनुसार सोमबार शेख हसिनाले देशको नाममा सम्बोधन रेकर्ड गर्न चाहेको भए पनि त्यो मौका उनलाई दिइएको थिएन । एजेन्सी

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको