बीआरआईबारे केन्द्रीय कमिटी बैठकमा के भने ओलीले ?

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै चीन भ्रमणका क्रममा चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्क सम्झौताबारे विस्तृत ब्रिफिङ गरेका छन् । ओलीले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा महत्वपूर्ण स्थान बीआरआईलाई दिइएकाे छ ।

ओलीले पेस गरेको प्रतिवेदनमा बीआरआई फ्रेमवर्कमा सम्झौता हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरिएको छ । यो सम्झौतापछि सत्ता गठबन्धनको अर्को महत्वपूर्ण दल नेपाली कांग्रेसले बीआरआईमा ऋण नलिने बताएको थियो ।

ओलीले आफ्नो प्रतिवेदनमा बीआरआईबारे छुट्टै अनुसूची नै बनाएर पेस गरेका छन् । यसले ओलीले बीआरआईलाई निकै महत्व दिएको र यसबारे भ्रम चिर्न पार्टी पंक्तिलाई स्पष्ट पार्ने प्रयास गरिएकाे छ ।

ओलीले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘हस्ताक्षर भएको बीआरआई सहयोग ढाँचाको विशेष महत्व छ । कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुऱ्याउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुऱ्याउने विश्वास लिइएको छ । जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र नेपाललाई यथासक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन हामीलाई स्रोतको अभाव छ । त्यसैले हामी नेपालको राष्ट्रिय प्राथमिकताका क्षेत्रमा, राष्ट्रिय हितको सुनिश्चितता गर्दै अन्य विकास साझेदारहरूसँग पनि यस्तै साझेदारी अभिवृद्धि गर्न चाहन्छौँ । लगानी भित्र्याउन चाहन्छौं । गुण दोषका आधारमा होइन, आफ्ना निश्चित राजनीतिक आग्रह या भूराजनीतिक स्वार्थमा कुनै पनि सहायता परियोजनाका विषयलाई अनावश्यक राजनीतिकरण गर्नु र विवादित बनाउनु राष्ट्रिय हितमा हुँदैन भन्ने विषयमा नेकपा एमाले स्पष्ट छ ।’

ओलीले यो सम्झौता आफैँमा महत्वपूर्ण रहेको उल्लेख गर्दै यावत् भ्रम, मिथ्याप्रचार र असहजतालाई चिर्दै यस विषयमा मुलुकका दुई मुख्य दलका बीचमा जस्तो साझा अवधारणा निर्माण हुन सक्यो, यो विषय पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।

ओलीको प्रतिवेदनम अनुसूची समावेश गरी बीआरआईबारे चार पृष्ठमा विस्तृत रूपमा जानकारी दिइएको छ ।

ओलीले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको साझा धारणाले अस्थिरता चाहानेहरुको योजना बिफल बनाइदिएको दाबी गरेका छन्।

‘यसले वाह्य सम्बन्ध र वाह्य सहायता परिचालनमा सिंगो राष्ट्रको एउटै बोली बनाउन र वार्ताको टेबलमा राष्ट्रिय अडान बलियो बनाउन मद्दत पुऱ्याएको छ,’ आइतबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा उनले पस गरेको राजीतिक प्रतिवेदनमा भनिएको छ, ‘संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना पनि यसले विफल तुल्याइदिएको छ।’

बीआरआईको ढाँचामा भएको सहमतिलाई ओलीले विश्वेष महत्वको भनेका छन्। ‘यस सन्दर्भमा हस्ताक्षर भएको बीआरआई सहयोग ढाँचाको विशेष महत्व छ,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुऱ्याउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुऱ्याउने विश्वास लिइएको छ।’

तीव्र आर्थिक विकासका लागि स्रोतको अभाव रहेको भन्दै भन्दै बीआरआईबाट लगानी भित्र्याउन सहयोग पुग्ने ओलीको विश्वास छ। ‘जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई यथासक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन हामीलाई स्रोतको अभाव छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले हामी नेपालको राष्ट्रिय प्राथमिकताका क्षेत्रमा, राष्ट्रिय हितको सुनिश्चितता गर्दै अन्य विकास साझेदारहरूसँग पनि यस्तै साझेदारी अभिवृद्धि गर्न चाहन्छौँ। लगानी भित्र्याउन चाहन्छौं।’

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको