माघेसंक्रान्तिमा खाने हैन त तरुल ? कालीमाटीमा बढ्यो व्यापार (तस्वीरहरू)

काठमाडौं- काठमाडौंकोको प्रमुख तरकारी बजार कालीमाटीमा अहिले तरुललगायतका कन्दमूलको व्यापार बढ्न थालेको छ। माघेसंक्रान्तिलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेको छ।

 बजारमा तरुलविभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेका छन् । उपत्यकामा धेरै जसो सर्लाहीमा उत्पादन भएका तरुल देख्न सकिनेछ । बजारमा विशेष गरी घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुलहरू पाइन्छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।

यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।

तरुल खाने तरिका मानिसअनुसार फरक–फरक हुन्छ। कोही स्वादको लागि खान्छन् त कोही पेट भर्नको लागि।कोही समय–समयमा खाइरहन्छन् भने कतिपय पर्व विशेष मानेर मात्रै खान्छन्। जसरी खाए पनि तरुल स्वास्थ्यका लागि फाइदाजनक छ।

जाडो मौसममा शरिरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानु उत्तम हुन्छ।‘जाडोमा रोग प्रतिरक्षात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने तत्व तरुलमा पाइने हुनाले यो समयमा तरुल खानु आवश्यक छ ।

तरुल फाइदाजनक खानेकुरा भएपनि मृगौला रोगीहरुले यसको सेवन नगर्नु नै उपयुक्त हुन्छ । यसमा कार्बेहाइड्रेड उच्च मात्रामा पाइने हुनाले तौल बढि भएको र डाइवेटिजका बिरामीले नखान स्वास्थ्यविदहरुले सल्लाह दिने गरेका छन् । कहिले काहि खानाको विकल्पमा यसको सेवनले भने नकारात्मक असर कम गर्ने हुनाले तरुल स्वास्थ्यवर्धक  खानकी हो ।

तस्वीर: समुन्द्र घिमिरे/अन्नपूर्ण टाइम्स 

     

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको