माघेसंक्रान्तिमा खाने हैन त तरुल ? कालीमाटीमा बढ्यो व्यापार (तस्वीरहरू)

काठमाडौं- काठमाडौंकोको प्रमुख तरकारी बजार कालीमाटीमा अहिले तरुललगायतका कन्दमूलको व्यापार बढ्न थालेको छ। माघेसंक्रान्तिलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेको छ।

 बजारमा तरुलविभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेका छन् । उपत्यकामा धेरै जसो सर्लाहीमा उत्पादन भएका तरुल देख्न सकिनेछ । बजारमा विशेष गरी घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुलहरू पाइन्छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।

यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।

तरुल खाने तरिका मानिसअनुसार फरक–फरक हुन्छ। कोही स्वादको लागि खान्छन् त कोही पेट भर्नको लागि।कोही समय–समयमा खाइरहन्छन् भने कतिपय पर्व विशेष मानेर मात्रै खान्छन्। जसरी खाए पनि तरुल स्वास्थ्यका लागि फाइदाजनक छ।

जाडो मौसममा शरिरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानु उत्तम हुन्छ।‘जाडोमा रोग प्रतिरक्षात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने तत्व तरुलमा पाइने हुनाले यो समयमा तरुल खानु आवश्यक छ ।

तरुल फाइदाजनक खानेकुरा भएपनि मृगौला रोगीहरुले यसको सेवन नगर्नु नै उपयुक्त हुन्छ । यसमा कार्बेहाइड्रेड उच्च मात्रामा पाइने हुनाले तौल बढि भएको र डाइवेटिजका बिरामीले नखान स्वास्थ्यविदहरुले सल्लाह दिने गरेका छन् । कहिले काहि खानाको विकल्पमा यसको सेवनले भने नकारात्मक असर कम गर्ने हुनाले तरुल स्वास्थ्यवर्धक  खानकी हो ।

तस्वीर: समुन्द्र घिमिरे/अन्नपूर्ण टाइम्स 

     

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको