नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं – इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको बताएका छन् ।

सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अनलाइन सुरक्षा सचेतना अपरिहार्य रहेको धारणा व्यक्त गरे । भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा अनलाइन हिंसाका तथ्याङ्क, रोकथाम तथा न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने अनलाइन हिंसाका उजुरीहरू बढ्दै गएको बताइन् । उनले प्रविधिको सकारात्मक उपयोगका साथै यसको दुरुपयोग रोक्न विद्यालय तथा समुदायस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै, राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिकामाझ साइबर हिंसाका घटनाहरू बढिरहेको औंल्याउँदै इन्टरनेटको सुरक्षित प्रयोग सिक्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेरका व्यक्तिहरू प्रभावित भएको भन्दै पीडितहरूले सम्बन्धित निकायमा उजुरी दिनुपर्नेमा जोड दिइन् ।

आइवर्ट नेपालका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिलाहरू पनि प्रभावित भइरहेको उल्लेख गर्दै प्रविधिको सुरक्षित प्रयोगबारे व्यापक जनचेतना आवश्यक रहेको बताइन् । भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसाबाट बालबालिकासमेत प्रभावित भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै साइबर अपराध न्यूनीकरणका लागि नेपाल प्रहरी साइबर ब्युरोको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए ।

आइवर्ट नेपालकी उपाध्यक्ष दिपान्जली लामाले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र ८,७४५ जना महिला अनलाइन हिंसाबाट प्रभावित भएको जानकारी गराइन् । सर्वेक्षणअनुसार, १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ३८.६० प्रतिशत बालिका तथा ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट यौनजन्य सन्देश प्राप्त गरेको तथ्यांक सार्वजनिक गरियो ।

नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकमार्फत हुने गरेको पाइएको छ । साइबर ब्युरोकी सावित्रा कार्कीले पछिल्लो समय बढ्दै गएको साइबर हिंसाका स्वरूप तथा सचेतनाका उपायहरूबारे कार्यपत्र प्रस्तुत गरिन् ।

सोही अवसरमा पत्रकार महासंघका नवनिर्वाचित महिला पदाधिकारीहरूलाई आयोजकले बधाई तथा सम्मान प्रदान गरेको थियो ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको