काठमाडौँ – धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ।
मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए।’मृतकलाई शवबहानमा राखेर र अगाडिपछाडि सेना र प्रहरीले स्कर्टिङ गरेर पठाएका हौं।’
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय ती महिलामा कोरोनाको आशंका गरिएको छ। उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्तपाल ल्याइएको थियो। तर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा जनाएको छ।
मन्त्रालयले थप रिपोर्ट आएपछि मृतकमा कोरोना भए/नभएको यकिन हुने बताएको छ।