काठमाडौं – एका बिहानै भक्तपुर केन्द्रविन्दु बनाएर भुकम्पको धक्का महसुस गरिएको छ ।विहान ८ बजेर १४ मिनेट जाँदा ३.४ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए ।
An earthquake of ML 3.4 occurred around Anantalingeshwor of Bhaktapur district at 08:14 AM @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) May 21, 2020