कविता : मृतक म सूर्यबहादुर

  • भुषणमणि गौतम 

प्रिय सरकार नमस्कार

सू्र्य बहादुर तामाङ
सन्चै हुनुहुन्छ होला तर म चै मरिसकेँ।
पढ्या भा पो पत्र लेख्न आउनु
तर जनआन्दोलन २ मा मृत्यु भई हाल यहिँ स्वर्गमा रहेका भाईले
कोरिदिए मेरो यो मृत्युको कथा

सरकार ……….
धेरै दिनदेखिको पेट भोको भएपनि
भोकाईसकेका थिएनन् जिउने बिश्वासहरु
नाम्लोले कसेर राखेको थिएँ सास
आज फुत्कियो म बाट
रहयो केवल हातमा एउटा नाम्लो
र रहयो…
यो हजारौँ ठाउँ टालिएका कपडाले ठाउँठाउँ ढाकिएको
यो लमतन्न बिना स्वासको शरिर

ए सरकार ….
मलाई पटक्कै लागेको थिएन
लकडाउन लागेको दिन म कुनै दिन भोकभोकै मर्छु भनेर
मलाई पटक्कै लागेको थिएन
बिना छत रात बिताउँनु पर्ला भनेर
र पटक्कै लागेको थिएन
म यति छिटै कम्जोर भई मर्छु भनेर
किनकी,
मैले सुनेको थिएँ हाम्रा प्रधानमन्त्रीले भनेको
‘कि देशमा कोहि भोकै मर्ने छैनन्’ भनेर
अनि लागेको थियो यो सरकार मजदुरहरुको हो
तर आज हेर्नुहोस् न म मरेँ
बेवारिसे भै मरेँ
सडक पेटिमा……..

मर्नु अघि मलाई झलझलि याद आएको थियो
मेरो प्यारो गाउँ धादिङको
जुन ठाउँ छाडेर पेट पाल्न म यो शहर आएको थिएँ

मर्नु अघि…
ए मलाई हस्पिटल लगिदेओ न भनेर कराएँ
आवाज निस्किएनछन् क्यार
कोहि आएनन्

ए सरकार …..
म मर्नु अघि मैले मलाई नै सम्झिएँ
मेरा मजदुर साथीहरु सम्झिएँ
र सम्झिएँ मेरो नाम्लो
जसलाई छातिमा चेपेर म धेरै बेर रोएँ
कि आजबाट मेरो नाम्लो टुहुरो हुँदैछ
अनि २/३ सर्को सास रहनु अघि
कसेर समातेँ नाम्लो र भने
‘प्रिय नाम्लो म तिम्लाई छाडेर जाँदैछु
आज उप्रान्त…
तिमीले भने म जसरी भोकभोकै सडक पेटिमा मर्नु नपरोस्।’

ए सरकार
म त मरेँ
फर्किन्न अब
तर बिडम्बना ….
म जस्तै मेरा हजारौँ मजदुर साथीहरु
सडकमा भोकभोकै छन्
उनीहरुका परिवार भोकभोकै छन्
बालबच्चा भोकभोकै छन्
बस!!!! उनीहरु नमरुन् भोकाएर
रोग त के हो र एकदिन हराएर जान्छ
तर सरकार
यो भोक ….कस्तो खतरनाक र डरलाग्दो रोग रहेछ
मलाई लग्यो
अझै कति हजारलाई लाने हो मेरो देशबाट

सरकार……
कति हजार म जस्ता सुर्यबहादुरहरु मरेपछि
बन्छ यसको भोकै नलाग्ने भ्याक्सिन
भनिदेउ ….आजै भनिदेउ
मिल्छ भने कि त सहजै भोकले मर्नु अघि मार्ने भ्याक्सिन बनाउ
कि त भोक रोगको भ्याक्सिन बनाउँ।
जुन सजिलोसँग बन्छ त्यहि बनाउ तर……
अर्को चुनाव आउनु अघि

भुषण गौतम
सूर्योदय नगरपालिका – ८ , इलाम
हाल: काँडाघारी,  काठमाडौं

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको