कविता : माफ गर नवराज !

  • प्रकाश बुढाथोकी 

कसैले प्रेम गर्नु पाप हो भने
कसैले प्रेम गर्नु भुल हो भने
कसैले प्रेम गर्न नजान्नु महाभुल पनि भने
कसैले के भने कसैले के भने
कसरी गरौ प्रेमको परिभाषा
म नबराज ?

दिनदिनै उमेर बढ्दै थियो
गुलाबी ओठमा जवानी चढ्दै थियो
कसैको रुवावासी उठिबास पनि देखेको थिए
भित्ताभरि प्लस माइनस लेखेर
कोहि कवि ,कोहि पागल बनेका
मार्न र मर्न तयार भएका
कसैले हाँस्न बिर्सेर रुन सिकेका
धेरैको आँशु रित्तिएको पनि देखेको थिए
अब कसरी परिभाषित गरौ
म प्रेमलाई नबराज ?

सोच्यौं कल्पना गर्यौ सपना देख्यौ होला
जसलाई चाहन्छु उहि पाउँछु भन्यौ होला
उसको काखमा जीवन जिउछु
त्यस्तै परे मर्छु मार्छु पनि भन्यौ होला
म आफै प्रेमको परिभाषा दिन्छु
यस्तैयस्तै कुराहरू पनि सोच्यौ होला
सपनाहरू बुन्दै घोरिन्थ्यौ होला
उनीले मन पराइन् तिमीले पनि मन परायौ
दुबैले दुबैलाई मन परायौ

दिनदिनै मायामा अन्धो भइ हरायौ
तिमीले सोचेजस्तो तिमीले रोजेजस्तो
भने जस्तो सजिलो कहॉ थियो र
खुलेर प्रेम गर्न यो समाजमा नबराज ।
कसैसंग बोल्दैमा कसैसंग हिड्दैमा
त कानेखु़शी चल्थ्यो पानी पधेँरो
मेलापातमा चर्चा हुन्थ्यो
अन्तरजातिय त कुरै छाडौँ सोच्नसम्म पनि
कि भाग्नैपर्छ,कि मर्नैपर्छ कि मारिनैपर्छ
कि प्रेम शब्दसंग हार्नैपर्छ तिमी चाहन्थ्यौ
सोच्थ्यौ जसरी नि जित्नैपर्छ जातभात भन्ने प्रथा तोड्नैपर्छ
आखिर संगै जिउने संगै मर्छौ भने

हाम्रो दुई मुटुलाई जोड्नैुपर्छ
कुसंस्कार र जातिय खाडल पुर्नुपर्छ
सजिलै भेट्न मनका कुरा साट्न
मायाप्रेमको कसिलो डोरी बाट्न
हल्का लजाउदै,मिठामिठा गफ गर्दै मुस्कुराउदै
मस्किदै बरु आकाश फाटिएला,धर्ति भासिएला
नछुटिने बाचा कसम खादै पलाएको प्रेम
छिट्टै मर्यो फूल फूल्नै नपाई
कोपीलामै झर्यो सुसाउदै गरेको भेरीमा
बग्यो माफ गर नबराज ।

व्यवस्था बद्लिए कानुन बदलिए
सोच अवस्था उस्तै रहिरहे कहाँ छ मानवीयता ?
मौन छ मानवता कहाँ छ कानुन ? कहाँ छ न्याय ?
कथित उपल्लो जात भन्नेहरुको निरंकुशता
लाद्नेहरूको ज्यादति जिहुँका त्युहुँ रहे
तिम्रो सच्चा प्रेमलाई जातीयताले डाम्यो
ढुंगाले किच्यो, भेरिमा हाम फाल्न बाध्य बनाए
आमाको काख रित्याए जल्लादहरुले
नरपिशाचहरूले
माफ गर नवराज !

हार्दिक श्रद्धासुमन !!!

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको