कविता : माफ गर नवराज !

  • प्रकाश बुढाथोकी 

कसैले प्रेम गर्नु पाप हो भने
कसैले प्रेम गर्नु भुल हो भने
कसैले प्रेम गर्न नजान्नु महाभुल पनि भने
कसैले के भने कसैले के भने
कसरी गरौ प्रेमको परिभाषा
म नबराज ?

दिनदिनै उमेर बढ्दै थियो
गुलाबी ओठमा जवानी चढ्दै थियो
कसैको रुवावासी उठिबास पनि देखेको थिए
भित्ताभरि प्लस माइनस लेखेर
कोहि कवि ,कोहि पागल बनेका
मार्न र मर्न तयार भएका
कसैले हाँस्न बिर्सेर रुन सिकेका
धेरैको आँशु रित्तिएको पनि देखेको थिए
अब कसरी परिभाषित गरौ
म प्रेमलाई नबराज ?

सोच्यौं कल्पना गर्यौ सपना देख्यौ होला
जसलाई चाहन्छु उहि पाउँछु भन्यौ होला
उसको काखमा जीवन जिउछु
त्यस्तै परे मर्छु मार्छु पनि भन्यौ होला
म आफै प्रेमको परिभाषा दिन्छु
यस्तैयस्तै कुराहरू पनि सोच्यौ होला
सपनाहरू बुन्दै घोरिन्थ्यौ होला
उनीले मन पराइन् तिमीले पनि मन परायौ
दुबैले दुबैलाई मन परायौ

दिनदिनै मायामा अन्धो भइ हरायौ
तिमीले सोचेजस्तो तिमीले रोजेजस्तो
भने जस्तो सजिलो कहॉ थियो र
खुलेर प्रेम गर्न यो समाजमा नबराज ।
कसैसंग बोल्दैमा कसैसंग हिड्दैमा
त कानेखु़शी चल्थ्यो पानी पधेँरो
मेलापातमा चर्चा हुन्थ्यो
अन्तरजातिय त कुरै छाडौँ सोच्नसम्म पनि
कि भाग्नैपर्छ,कि मर्नैपर्छ कि मारिनैपर्छ
कि प्रेम शब्दसंग हार्नैपर्छ तिमी चाहन्थ्यौ
सोच्थ्यौ जसरी नि जित्नैपर्छ जातभात भन्ने प्रथा तोड्नैपर्छ
आखिर संगै जिउने संगै मर्छौ भने

हाम्रो दुई मुटुलाई जोड्नैुपर्छ
कुसंस्कार र जातिय खाडल पुर्नुपर्छ
सजिलै भेट्न मनका कुरा साट्न
मायाप्रेमको कसिलो डोरी बाट्न
हल्का लजाउदै,मिठामिठा गफ गर्दै मुस्कुराउदै
मस्किदै बरु आकाश फाटिएला,धर्ति भासिएला
नछुटिने बाचा कसम खादै पलाएको प्रेम
छिट्टै मर्यो फूल फूल्नै नपाई
कोपीलामै झर्यो सुसाउदै गरेको भेरीमा
बग्यो माफ गर नबराज ।

व्यवस्था बद्लिए कानुन बदलिए
सोच अवस्था उस्तै रहिरहे कहाँ छ मानवीयता ?
मौन छ मानवता कहाँ छ कानुन ? कहाँ छ न्याय ?
कथित उपल्लो जात भन्नेहरुको निरंकुशता
लाद्नेहरूको ज्यादति जिहुँका त्युहुँ रहे
तिम्रो सच्चा प्रेमलाई जातीयताले डाम्यो
ढुंगाले किच्यो, भेरिमा हाम फाल्न बाध्य बनाए
आमाको काख रित्याए जल्लादहरुले
नरपिशाचहरूले
माफ गर नवराज !

हार्दिक श्रद्धासुमन !!!

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको