काठमाडौँ -सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए ।
सरकारले कर्मचारीकाे तलब बढाएकाे छैन भने सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सन्तानको उच्च शिक्षा तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋण लिने सुविधाको व्यवस्था गरिएको बताए ।
कोरोना रोकथाममा खटिएका बाहेक अन्य कर्मचारीको बैठक भत्ता, खाजा भत्ता, बैठक भत्ता खारेज गरेको उनले बताए ।
