पौराणिक कथा: तिहार र बलिराजा

सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।

त्यस पछि देवताहरूलाई साथ लिएर इन्द्र क्षिरसागरमा निवास गरी राख्नुभएको भगवान श्रीविष्णु निर पुगेर वेदको मन्त्र उचारण गर्दै स्तुति गर्दै आफ्नो सम्पूर्ण कष्टहरू पनि भगवान विष्णुको अगाडि पोखे । यसरी आधारना गर्दै आफ्नो पीडालाई बताएको सुनेर भगवान श्रीविष्णुले भन्नुभयो तिमी निर्धक्क र निर्भय भएर आफ्नो स्थानमा जाऊ म तिम्रो सबै दुख, कष्टलाई तुरुन्तै निवारण गरी दिनेछु । तिम्रो संकट चाडै हट्नेछ !

यस्तो भगवानको आज्ञा पाए पछि इन्द्र त्यहाबाट हिडेपछि श्रीविष्णु भगवानले आफ्नो रुप एउटा सुन्दर ब्राह्मणको रुप् धारण गरी वटुबेशमा राजा बलिले यज्ञ गरिरहेको ठाउँमा जानु भई भिख माग्नुभयो । सुन्दर बालक रुप मोहित रुपमा आएका भिक्षुलाई देखेर राजा बलिले भिक्षा दिन खोज्दा नलिएको देखेर आधा राज्यसम्म दिदाँ पनि नलिएपछि जे मागे पनि दिने आफूले दिने तर यस्तो पवित्र कार्यमा हात खाली नजानुस भनेको उनको उद्दार भावना देखेर ब्राह्मण रुप विष्णुले वचन बद्ध गराई भगवानले यज्ञ गरिरहेको ठाउँ भित्रको आफ्नो तीन पाईला जमिन माग्नुभयो ।

यसरी जे मागे पनि दिने दानशील बलि राजाले वचन हार्न नसकी लौ पाईला राख्नुस् भनेरभन्दा श्रीविष्णु भगवानले आफ्नो विराट रुप धारणा गरी एक पाईला जमिनमा राख्दै सम्पूर्ण पृथिवीलाई ओगटिए । दोस्रो पाईला राख्दा सपूर्ण अंतरिक्ष (आकाश ) ओगटिए । अब तेस्रो पाऊ कहाँ राखुँ भनेर सोध्नुभयो । त्यसरी छल गरी ब्राह्मण रुपमा श्रीविष्णुको दर्शन पाएका बलिले आफ्नो शिरमाथि राख्न आज्ञा गरे । यसरी राजा बलिको उदारता र दानशीलता मनदेखि प्रशन्न भएर उनको शिर माथि पाऊ राख्न साथ उनी पाताल मुनि गए ।

त्यस्ता सबैको प्यारा र दयालु दानशील राजा बलिदेखि खुशी भएर भगवान श्रीविष्णुले तिम्रो इच्छा भएको वर माग भनेको वचन सुनेपछि राजा बलिले वर्षमा एक पल्ट पृथिवीको भ्रमण गर्न कार्तिक कृष्णपक्षको त्रयोद्सीदेखि आमावस्या अर्थात् तीन दिन दिपाबलिसम्म यो पृथ्वीमा मैले राज गर्न पाऊ । र यो तीन दिनसम्म सम्पूर्ण मानवहरूले दान, यज्ञ, धुप, दीप गर्दै श्रीलक्ष्मी माताको पूजा आरधना गरुन । यसरी पूजा आरधना गर्नेको घरमा लक्ष्मीको वास होस् भनेर भगवान श्रीविष्णुसँग मागेपश्चात तथास्तु भनेर राजा बलिलाई भगवान श्रीविष्णुले पातालको राजा बनाएर पठाएपश्चात त्यही समय देखि संसार भरि समय अनुकुल आफ्नो रीति अनुसार विश्व भरि नै यो पर्व मनाएता पनि हाम्रो हिन्दू संस्कारमा भने वर्षमा आउने कार्तिक कृष्णपकक्षको आमावास्यासम्म अर्थात् लक्ष्मी पुजासम्म सम्पूर्ण देशका नागरिकले पंचक लागे देखि नै सबैको घर दैलोमा झिली र मिलि गरी बत्ती बालेर लक्ष्मीको पूजा आरधना गर्दै भैलो र देयुसी खेल्दै यो पर्वलाई सदभाव र श्राद्धको साथ मनाउदै बलि राजाको नाम उचारण गरी भन्ने गर्दछन ….

आहै भन मेरा भाइ हो देउसी रे …
.आहै राम्ररी भन् देउसी रे ..
.आहै हामी त्यसै आएनौ देउसी रे .
.आहै बलिराजाले पठाए देउसी रे ..

यस्तै यस्तै …गरी,नारी जातिले पनि भैली खेल्दै भन्ने गर्दछन,
“हरियो गोवर लिपेको,लक्ष्मी पूजा गरेको,
आहै औशिको वारो,गाई तिहरो भैलो,
आहै लक्ष्मीले आहै अन्न र धन,आहै घरै भरि पारुन,
आहै गणेशजी, आहै दुख र विघ्न, आहै सबै सबै टारुन ..

यस्तै यस्तै आशिष दिने र शुभकामना दिदै बुडा पाखाको आशिष लिने गर्दछन …र हर्षले जयजयकार गर्दै खुशी भएर चार्ड मनाउदै बलि राजाको गुण गाउदै हातमा हात मिलाउदै नाच गान गर्दै भैली, देउसी खेल्दै घर घरमा आशिष दिन र आफूभन्दा ठुलाको आशिष थाप्ने चलन आज पनि रहेको छ ।

त्यस्तै गाई माताले मृत्यु भए पछि नदीमा तर्न नसक्दाको कठिन अवस्थामा उनको पुच्छर पकडेर नदी तरिन्छ भन्ने उद्देश्यले पनि राखी बन्धनको दिन बढेको काचो धागोलाई आजको दिन गाई माताको पुच्छरमा बढ्ने र आफ्नो निशानी राख्ने चलन अहिलेसम्म पनि जीवितै रहेको छ भने राम राजाले चौध वर्षको बनवास सकेर अयोध्या फर्कदाको खुशीमा पनि सम्पूर्ण अयोध्याबासीले घर आगन बाहिर भित्र झिलिमिली पारेका र जय जयकारको गुन्जायमान गरेका हुनाले यो खुशी मनाउदै आएको भन्ने भनाइ धर्म ग्रन्थहरूमा पढन पाइन्छ ।

सिफारिस

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । गृहमन्त्रायमा आयोजित...

भर्खरै

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको