कोरोना गफ

जगन्नाथ शर्मा

“डाक्टर छन्?” कालो कुर्तासलवारमा सजिएकी सुमोनिकाले बाहिरैबाट सोधिन् । अस्पतालको ठुलो फलामे ढोका बन्द थियो । ढोकाको छेउमै बडेमानको मुखै छोप्ने चस्मा र नौलो पोसाक हेर्दा रंग नमिले पनि लामा गुरु जस्ता देखिने एकदुई मानिस थिए । तिनै हुन् या कुन हुन् डाक्टर ? सोध्न पनि डर लाग्यो सुमोनिकालाई । सोधिनन् । हत्तपत्त उनी बोल्दिनन् । लजालु त हैनन् तर उमेरको कारण । सवैको आंखामा पर्ने उमेर छ उनको । कुतकुते बैंसको उमेर भन्छन् आमा र अरु छिमेकीहरु । के हो त्यस्तो बैंस ? उनैलाई थाहा छैन । किन भनेको होला कुतकुते बैंस ? उनी मनमै कुरा खेलाउछिन् । सोध्न पनि सकेकी छैनन् ।

अघिल्लो दिन सिमलचौरको काफल घारीमा डुलेका थियौं हामी । रुखको टुप्पोमा पुगेर काफलको झुत्ता झार्दा खुबै खुसी थिईन् उनी । पाकेर कालै भएका काफलका झुत्ता झार्दैगर्दा उनको खुसीको सिमा थिएन । हामीले त्यहि सिमलचौरमा बसेर झण्डै पाथी जति काफल खाएका थियौं, दाँतै कुँडिनेगरी । आज तिनै सुमोनिका एक्कासी अस्पताल आइपुगेकी थिईन् । कमजोर आँखाबाट मैले अलि टाढैबाट नियाल्दा घुर्मैलो देखें । उनै हो कि जस्तो लागेर म पनि टुप्लुक्क अस्पतालको गेट पुगेको थिए । के भो तिमीलाई ? मैले सोधिहेरें । क्यै होईन भन्दै उनले मुन्टो लुकाइन् । मलाई शंका भयो – कतै त्यहि काफलको गेडा पेटभरी भएर पो असर गरेको हो कि ?

मेरो शंका तुरुन्तै निवारण भयो । नाकबाट थोरै सिंगान चुहिएको रहेछ सुमोनिकाको । औधी धेरै केहि भएको होईन । फलामे बार भित्रबाटै स्वास्थ्यकर्मीले सेतो सानो बन्दुक तेर्स्याए । सुमोनिका हच्किईन् । के पो हो ? बन्दुकै ताके जस्तो, ज्वरो नापेको हो अरु केहि होईन , स्वास्थ्यकर्मीले भने । मलाई ज्वरोसरो छैन , उनले भनिन् – के के न भएजस्तो छ अस्पताल र स्वास्थ्यकर्मीलाई । अनेकथरी तेर्साउछन् । कहिल्यै नदेखेको चिज । कतै पड्किने पो हो कि । उनी फिस्स हाँसिदिईन् । भित्रका स्वास्थ्यकर्मीले पनि उनकै लयमा फिस्स हाँसो छोडीदिए ।

कोरोनाको संक्रमण फैलिएपछि हरेक स्वास्थ्य संस्थामा सवैभन्दा पहिले त्यहि बन्दुक तेर्सिने गरेको उनलाई थाहा थिएन । अनि पहिलेजस्तो अस्पतालमा सहज रुपमा भित्र जान पाईदैन भन्ने कुरामा पनि उनी अनविज्ञ नै छिन् । अनि धेरै मानिसहरुले अस्पतालको सेवा प्रभावकारी रुपमा पाउन नसकेको कुरा पनि उनीलाइ कसोरी थाहा होस् ।
अस्पताल र डाक्टर त विरलै देख्ने गाउँले किशोरी सुमोनिकालाई साँच्चै भन्नुपर्दा कोरोनाको बारेमा पनि थाहा छैन । हिजो र आज उनको गाउँमा केहि फरकपना छैन । मान्छेहरु आउने जाने क्रम उस्तै छन् । वल्लो र पल्लो घर, वनजंगल र घाँसपात, बस्तुभाउ र पानी पँधेंरा, मेलापात र धार्मिक कार्य । यी सवै पहिलेको जस्तै चलेकै छन् गाउँमा । हिजो त्यहि काफल खान जंगल गएको बेलामा पनि सुमोनिका र अरु १० जना संगिनीहरु हुल कसेर गएकै हुन् । ‘केहि रोकतोक छैन गाउँमा यहाँ, र पो जात्रा रहेछ ’ सुमोनिकाले अस्पतालको फलामे ढोका बाहिरैबाट भनिदिइन् । भित्रबाट उनलाई स्वास्थ्यकर्मीले सम्झाउदै थिए – कोरोनाले आक्रान्त पारेको छ, साबधानि त अपनाउनै पर्यो नि ।

थोरै ज्वरो, रुघाँ र सामान्य खोकि । अघिल्लो दिनबाट मात्र हो, सुमोनिकालाई यस्तो लक्ष्यण देखापरेको । डाक्टरले परैबाट भने – तपाईको लक्ष्यण हेर्दा कोरोनाको शंका भयो । सुमोनिकाले अचम्म मानिन् । के कोरोना भन्या ? कसरी हुन्छ मलाई कोरोना ? उनले उल्टै प्रश्न गरीन् । उनकै छेउमा उभिएका अर्का स्वास्थ्यकर्मीले गोजिको फोन निकाले र थिचें। “हेलो” उताबाट केटा मान्छेको बोली अस्तालको आँगन सम्मै सुनियो । यहाँ एकजनाको कोरोना टेष्ट गरीदिनु पर्यो, तुरुन्त पठाइदिनुस्  त । उताबाट बोलेको आवाज त्यति सुनिएन । उनले फोन राखे ।

एकैछिनमा आरडिटी टेष्ट गर्ने टोली आयो । चुस्स घोचेंर रगत निकालेपछि उनी ओथाईन् । हे दैब, सिंगान बगेको औषधि लिन आएको के भाउलोमा फसियो, मलाई सुमोनिकाले सुटुक्क भनिन् – अर्को अस्पताल छैन , नजिकै त्यता जानुपर्यो । मैले हुन्न भन्दिऍ । यहि जाँच भैसक्यो , एकैछिनमा रिपोर्ट आईहाल्छ भनेर आश्वस्त पारें । नभन्द्रै रिपोर्ट आयो – कोरोना पोजिटिभ । के रे ? उनी झसंग भईन्  । के हो यो भनेको ? अव के हुन्छ ?

सुमोनिकाका प्रश्न मसंग सोझीदै थिए । म केहि बोल्न सकिन । कसोरी बोलुँ । मुख च्यापच्याप्ती सुक्यो । हिजो काफलघारीमा डुलेको सम्झें । अनि आज, झन आज त एकैठाउँमा बसेको छु । कत्ति न आफ्नो नातेदारजस्तो । कत्ति न उसंग केहिको आश गरेको जस्तो । बेकारको मेरो हिमचिम् । फसियो अब । हत्तेरी । म बोल्नु न चाल्नु भएँ । एकोहोरो भएर घोसेमुन्टो लगाइरहेको बेला सुमोनिकाले पो झस्काईन् हेलो, के भयो र ? पिर नगर्नुस् मेरो । मलाई केहि हुदैन । केहि भएको पनि छैन ।

मलाई त्यतिबेला उनको पिर थिएन । आफ्नै हविगत भइसकेको थियो । खुट्टा काँपिरहेका थिए । एकमनले सोचें डाक्टरलाई मेरो पनि आरडिटि गरिदिनुस् न भन्नुपर्छ क्यारे । तर अहँ फेरी आँटै आएन । क्यै गरी सुमोनिकालाई जस्तै पोजिटिभ आयो भने, हैट ।

टेष्टमा दुईटै धर्कामा हल्का घुर्मैलो रातो देखिएपछि सुमोनिकालाई अस्पतालको आईसोलेसनमा लाने तयारी भयो । एम्बुलेन्सले साईरन खोल्यो । सिटोमोल र डिकोल्ड देला भनेर २ सय रुपैँया सलवारको गोजिमा घुसारेर आएकी उनी अस्पताल जाने भईन् । के होला अब ? उनी  भन्दै थिईन् । म लुसुक्क बाहिरीएँ ढोकाबाट । मुटु पोलेको जस्तो भयो । भित्रभित्रै गलितफलित भएँ । सकियो अब । डराउदै घरसम्म पुगें । केहिदिन अघि लगेको स्यानिटाइजर बाहिरै खोपामा थियो । निकालें र हातमा चुहाँए । श्रीमती भन्दै थिईन् – आज चाँहि के नक्कल नि, यत्रो दिन चाँहि लगाउनु नपर्ने । मैले श्रीमतीसंग सुमोनिकाको कुरा भन्न सकिन । हैन , साबधानि अपनाएको नि  भनेर टाँरिदिएँ ।

कोठा भित्र पसेंर गम्दै थिएँ । सुमोनिकालाई बोकेको एम्बुलेन्स हुँइकियो, आइसोलेसनतिर । आइसोलेसन सेन्टरमा कतिदिन बस्लिन् सुमोनिका ? मलाई त्यहि प्रश्नले घोचिरह्यो । आइसोलेसनमा बसेर पिसीआरको रिपोर्ट पर्खनु पर्दा यसअघिका संकास्पदमा उत्पन्न भएको मानसिक विचलन त आउने होईन ? मनमनै प्रश्न गरेँ । धेरै मानिसहरुले आइसोलेसनमा सुविधा नपाएको र आफुलाई थप केहि समस्या नभएकोले भाग्ने कोशिस गरेको मैले चाल पाएको थिएँ । धेरैलाई त मैले नै संम्झाएको हुँ । मनोपरामर्शकर्ता चाहिने अवस्था वुझेंको थिएँ मैले ।

दुईदिन सम्म सुमोनिकाको खवर बुझ्न सकिएन । चौपट छटपटी भयो । उनको मायाले भन्दा पनि मेरै चिन्ताले । कतै सुमोनिकाको पिसीआर पोजिटिभ आईदियो भने , आफ्नो के हविगत होला ? मेरो चिन्ता त्यसैमा थियो । बेलुका एफएममा समाचार आयो , …… जिल्लाबाट पठाइएको सवै पिसीआरको रिपोर्ट नेगेटिभ भएको जिल्ला अस्पतालले जनाएको छ । म उफ्रेँ । एक्लै । बेस्मारी । खुसीले सिमा नाघ्यो । कस्तो आनन्दको अनुभूति ।

खुसीमै हौंसिदै घरबाट निस्किएछु । फुङ्गलो घरमै छुटेछ । प्रहरीले फुङ्गलो खोई ? भनेपछि पो होस आयो । झलास्स भएँ । फुङ्गलो नलगाई प्रहरीले हिंडडुलमा कडाई गरेको कुरा भुसक्कै बिर्सेछु । फर्कने विचार गरें । र, घर जादै गर्दा एम्बुलेन्सको आवाज सुनेँ । उभिएँ र त्यहि एम्बुलेन्स नियालेँ । एम्बुलेन्स चोकमा रोकियो । सुमोनिका झरीन् । त्यसैले राम्री सुमोनिका आइसोलेसनबाट फर्कदा खुसीले गद्गद थिईन् । अनुहार परैबाट उज्यालिएको देखियो । त्यसबेला मैले उनीसंग बसेर खुसी साट्न फुङ्गलो नभएकै कारण सकिन । परै बाट देखादेख भयो । उनीमा म संग बोल्ने रहर थियो कि नाई , थाहा भएन । मलाई परै बाट हात हल्लाउदै बाटो लागिन् । म चियाईरहेको थिए । खस्रुको रुखको छाँया भित्र सुमोनिका हराईन् ।

 

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको