कठाेर संघर्ष र निरन्तरताबाट नै जीवन सार्थक तुल्याउन सकिन्छ

सन्तोषी शाही ठकुरी 

नेपालको इतिहासलाई हेर्ने हो भने परापुर्वकाल देखि नै नारी समुदायलाई दोस्रो दर्जाको रुपमा ब्यवहार गरेको पाईन्छ् ।नेपालको सन्दर्भमा नारीको सम्बन्धलाई विगतका विभिन्न कालखण्डमा शासकहरुले गरेको ब्यवहार र रितितिथिलाई अहिले सम्झिदा पनि बिरक्त लागेर आउछ । तर नारीको तपस्या र बलिदानलाई सम्झेर आज आएर गौरवको अनुभुति पनि हुन्छ। जस्तो सुकै कालखण्डमा पनि आफ्नो अस्तित्व रक्षार्थ र नारीको अंहम भुमिका निर्वाह गरेको पाईन्छ। धार्मिक दृष्टिकोणले होस वा सामाजिक दृष्टिकोणबाट होस महिलालाई हेर्ने दृष्टिकोण पक्षपातपुर्ण रहि आएको छ ।

महिलालाई जीवनसाथी भन्दापनि यौनदासि र सेविकाको हैसियतमा हेर्ने गरिन्छ। छोराछोरीको हेरचाह र घरायसी काममा नै जीवन बितेको हुन्छ। त्यसैले अहिलेका सचेत महिलाले हजारौँ बर्षदेखिका चलनचल्ती ,मान्यता र त्यसले महिलाको मानसिक ,शारीरिक र सामाजिक अबस्थामा पारेको प्रभाव बारे लेख्नु, बोल्नु पर्छ। यो चलनले परेको प्रभाव र असरलाई हटाएर अगाडि बढ्न सक्ने अहिलेको हाम्रो मुख्य चुनौती रहेको छ।

हाम्रो समाजले महिलालाई मानवरुपमा नहेरी सती-सावित्री र पृथ्वीका रुपमा हेर्ने गर्छन। महिला सहनशील र शारीरिक रुपमा कमजोर हुन्छ्न भन्ने मान्यता कै आधारमा शिक्षित र आत्मनिर्भर महिलाहरु पनि घर भित्रै कामकाजमा केन्द्रित हुनुपर्ने मान्यता अहिले पनि समाजमा रहेको पाईन्छ । निश्चय पनि हाम्रो समाजको दृष्ट्रीकोणमा परिवर्तन ल्याउनको लागि महिलावर्गलाई निकै ठुलो संघर्ष गरिरहनु परेको छ । म हाम्रो समाजलाई प्रश्न गर्न चाहन्छु पुरुषले हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न हुने महिलाले नहुने किन ? म यो प्रश्नको जवाफ समाजको बुद्दिजिवि वर्गबाट जान्न चाहन्छु । यति मात्र होईन कुनै क्षेत्रमा जब महिलाले आफ्नो क्षमता ,योग्यताको माध्यमबाट अघि बढ्न खोज्दा ब्यापक रुपमा टिका टिप्पणी र आलोचना हुने गरेको पाईन्छ। यस्तो दृष्टिकोण र सोचमा हामीले परिवर्तन ल्याउन सक्नुपर्छ । यस्तो अबस्थामा रहेको हाम्रो देशमा बौध्दिक बहसमा महिला कहिले सह्भागिता हुने ? कहिले राजनीतिमा आफ्नो हिस्सा खोज्ने ? समाजका हरेक क्षेत्रमा महिलाले कहिले प्रतिस्पर्धा गर्ने ? त्यसकारण देशको हरेक क्षेत्रमा महिलालाई समेटेर लिन सकेको खण्डमा मात्रै समाज र राष्ट्रको विकास हुन्छ ।

हाम्रो समाज अविकसितहरुको कारणले गर्दा महिलाहरुको आवश्यकता र महत्वलाई आत्मसात नगरी पृत्रिसत्ता भित्रै रहेर सोच्नु र ब्यवहार गर्नु नै प्रमुख कारण हो। नेपालमा २०४७ साल २०६३ र २०७२ को संविधानले गरेको सबैधानिक ब्यवस्थाले नारीको हकहरुलाई धेरै – थोरै स्थापित गरेको छ । जुन सराहनिय छ। मुलुकमा भएको पटक – पटकका परिवर्तनबाट र कानुनले गरेको ब्यबस्थालाई कतिपय महिला दिदिबहिनिहरुले बुझ्न नसकेको देख्दा दु:ख लाग्छ। हामीले आफ्नो हक-अधिकार उपभोग गर्न सक्नुपर्छ। आज समाजका हरेक क्षेत्रमा पुरुष सरह महिला संक्षम छन भन्ने कुरा हामी महिलाहरुले आफै पुष्टि गर्नु पर्दछ। यस्तो कुरामा पनि पुरुषको भरपर्ने प्रवृत्ति हावि भयो भने हामी महिला अझै १०० बर्षपछि पर्ने खतरा मैले देखेकि छु। म विकट कर्णाली प्रदेश जस्तो ठाँउमा जन्मे , हुर्केकि महिला हुँ तर मैले आफुलाई कहिल्यै पनि विकट ठाउँको मान्छे भनेर आफुलाई कमजोर ठानिन। सानै उमेरदेखि म केहि गर्न सक्छु भन्ने आँट र स्वाभाव भएकि महिला हुँ । राष्ट्र र जनताको हितमा स्वभाबैले म राष्ट्रवादी सोच भएकि मात्र होईन गरिब , दिनदुखिहरुको सुखदुख स्ंगै सहकार्य गर्न रुचाउने स्वाभावकि महिला हुँ, दुख र स्ंघर्षसंग डराएर भाग्ने मान्छे जीवनका हरेक क्षेत्रमा असफल हुने गर्दछन। मैले आजसम्मको जीवनमा कठोर संघर्ष गरेकी छु। आज त्यहि संघर्षको कारणले मैले जीवन जिउन सिकेकि छु र त संसारलाई राम्ररी चिन्ने, जान्ने र बुझ्ने अवसर पाएकी छु। पारीवारिक जीवन र विद्यार्थी जीवनका तितामिठा अनुभवले मेरो जीवनको प्रेरणादायी श्रोत्रका रुपमा जीवन उपयोगी रहेको छ। केहि समय अगाडि काठमाडौंमा सिजन मिडियाले आयोजना गरेको मिसेस व्यूटी क्वीन नेपाल २०२० को प्रतिस्पर्धामा सह्भागी हुने सु-अवसर प्राप्त गरेकी थिए। प्रतिस्पर्धामा सहभागी हुन पाँउनु मेरो लागि अत्यन्तै गौरवको बिषय थियो। तर मेरो सहभागितालाई कतिपयले सहज रुपमा नलिएको देख्दा कता कता मनदुखि हुन्छ। तर अझैपनि महिला दिदिबहिनिहरुको फराकिलो सोच निर्माण हुन नसक्नु समग्र नारीवर्गको असफलता हो भन्ने मलाई लाग्छ। जब मैले ‘मिसेस व्यूटी क्वीन नेपाल’ मा सहभागिता जनाए अधिकांशले रुप र सौन्दर्यलाई मात्र मुख्य आधार बनाएको देख्दा अझै कतिपय मान्छेमा ज्ञानको अभाव देखिरहेको छ। ‘मिसेस व्यूटी क्वीन नेपाल’ भनेको रुप र अनुहारको प्रतिस्पर्धी मात्र होइन त्यहाँ ज्ञान, बिज्ञान, बुध्दि विवेक, योग्यता , क्षमता र कला समेतको ध्यान दिने गरिन्छ।

त्यस कारण ‘मिसेस व्यूटी’ बिच प्रतिस्पर्धा आफैमा अत्यन्तै कठोर संघर्ष र कठिन यात्रा हो।यो प्रतिस्पर्धाबाट मैले जीवनमा निकै ठुलो शिक्षा प्राप्त गरेकि छु। कुनैपनि प्रतिस्पर्धामा हारजित स्वाभाविक रहन्छ। हो म यो व्यूटी प्याजेन्टको विजेता बन्न सफल भए। यसमा मलाई खुसि लाग्नु स्वाभाविक नै हो। मलाई विजेता बनाउने आस्थासम्म पुर्याउनु हुने मेरा हजारौँ हजार इष्टमित्रहरु , शुभचिन्तक साथिहरु र दाजुभाई तथा दिदिबहिनिहरुको ठुलो सहयोग रहेको छ । वास्तवमा जब म मिसेस व्यूटी क्वीन नेपाल २०२० नेपालको विजेता भए एकातिर हर्षले गौरवको अनुभुति भयो अर्को तर्फ आफुमाथि ठुलो जिम्मेवारी र दायित्व बोझ भएको महसुस भयो। एकातिर अझैपनि संकिर्ण सोच पालेर बसेका समाजको केहि ब्यक्तिहरुको अज्ञानतालाई हटाउनु पर्ने नैतिक जिम्मेवार रहेको महसुस गरिरहेको छु। अर्को तर्फ महिला समुदायलाई मात्रै हैन सिंगो समाजलाई परिवर्तन गर्न सक्छन भन्ने संदेश प्रवाह गर्न सक्नु मेरो दायित्व रहेको छ।

विकट ठाउँमा जन्मेकि संघर्ष गरेको मेरो जीवनको यथार्थतालाई सत्यतामा परिणत गर्यो र मलाई सफल बनायो। सफलता संघर्ष भित्र लुकेको हुन्छ। मेरो सफलताले समाजका हरेक क्षेत्रमा पुरुष सरह सम्पुर्ण काम गर्न सक्छु भन्ने आत्मबल र बिस्वास बढेको छ । राष्ट्र र जनताको सेवा नै मेरो जीवनको अन्तिम इच्छा र उद्देश्य भएकोले समाज सेवामा लागि रहेकि छु। आगामी दिनहरुमा समाज सेवामा समर्पित रहदै मुलुक र जनताको भलाईमा सदैब कृयाशिल रहने छु। अन्तमा कोभिड – १९ को महामारीलाई परास्त गर्न सक्ने शक्ति सबैमा मिलोस र आफुपनि बाचौं, अरुलाई पनि बचाउँ भन्ने सबैमा आग्रह गर्न चाहन्छु ।

(लेखक मिसेस व्यूटी क्वीन नेपाल २०२० विजेता हुन् )

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको