काठमाडौँ- पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ शितल चोकमा ८२ बर्षीय महिला जसुदा अधिकारीको हत्या भएको भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार जसुदा अधिकारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनकी बुहारी ४० बर्षीय निरा खत्री अधिकारीलाई शनिबार नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
प्रहरीले निरा खत्री अधिकारीलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको जनाएको छ । पोष्टमाटर्मका क्रममा टाउकोमा चोट लागि मृत्यु भएको रिपोर्ट आएको र घटना शंकास्पद भएको भन्दै यथार्थ छानविनको माग गर्दै शनिबार दिन भर मृतकका घर अगाडि स्थानीय र मृतकका आफन्तले शव उठाउन दिएका थिएनन् ।
प्रहरीले आइतबार नवलपुर जिल्ला अदालतमा कर्तव्य ज्यानमा मुद्दा चलाई आवश्यक अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।
प्रहरीले घटना स्थलको प्रकृतिक, मृतकको अवस्था अध्ययन गर्दा मृतकको टाउको पटक पटक प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ ।