काठमाडौँ- नेपालमा थप २७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ५३३५ पुगेको छ। आज संक्रमित मध्ये २४७ पुरुष र ३६ जना महिला रहेको छन्।
यस्तै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ।
शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ। शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।
