कोरोना महामारीबीच स्वास्थ्य राज्यमन्त्री रावत सपरिवार घुमफिरमा

रामेछाप – कोरोना भाईरसले मुलुक आक्रान्त बनेका बेला स्वास्थ्य राज्य मन्त्री परिवारका सवै सदस्य लिएर घुमफिरमा निस्कीएका छन् । राज्यमन्त्री नबराज रावत श्रीमती, छोरा, छोरी, स्वकिय सचिव र दुईजना सुरक्षाकर्मी सहित मंगलबार रामेछाप आईपुगेका हुन्  ।

जिल्लामा भएका कोरोना सम्बन्धि गतिविधि निरीक्षण र अनुगमनका लागि भनेर आएका राज्य मन्त्री रावतले जिल्लाका जनप्रतिनिधी, पत्रकार र राजनीतिक दलका अगुवाहरुले कोरोना संक्रमणका लागि गर्नुपर्ने कामको फेहरीस्तको जवाफ दिदै घुमाउरो पारामा सरकारले जिल्लाका लागि यस भन्दा बढी केहि गर्न नसक्ने बताए । मन्थलीको जिएस होटलमा स्थानीय प्रशासनको आतिथ्यको पारिवारिक दिवाभोज पछि जिल्ला प्रशासन कार्यालयमा पुगेका मन्त्री रावतले लामो भाषण गर्दै कोरोनाबाट जोगिन भिडभाड नगर्न अर्ति समेत दिन भ्याए । तर उनले गाडिभरी परिवार खांदेर ल्याएकोमा भने बैठकका सहभागिले कुरीकुरी गरीरहेका थिए ।

स्वास्थ्य राज्य मन्त्रीले नेपालमा कोरोनाका लागि अर्बौ खर्च गरेको आरोप लगाए भएपनि कसैले नखाएको वताए । कोरोनाकै नाममा विना काम श्रीमति, छोरा, छोरी लिएर घुम्न निस्कीएका राज्यमन्त्री रावत रामेछाप आएर भने कुनै उपलव्धि नभएको बैठकका एक जनप्रतिनिधिले वताए । पिसीआर परिक्षणको रिपोर्ट १० औ दिन सम्म नआएको, आरडिटि प्रभावकारी नभएको, स्वास्थ्य कार्यालयमा बजेट अप्रयाप्त नभएको, स्थानीय सरकारलाई क्वारेन्टाईन र आइसुलेसन कक्ष संचालनमा कठिनाई भएको, स्वास्थ्य कर्मीको अभाव रहेकाे र जिल्लामा नै पिसीआर परिक्षणकाे तत्काल व्यवस्था गर्न माग गरिएको थियो । सहभागीकाे माग तथा गुनासाकाे राज्य मन्त्री राउतले चित्तवुझ्दाे जवाफ दिन सकेनन् ।

उनले जनताको माग बमोजिम लकडाउनलाई खुकुलो वनाएको भन्दै सरकार नागरिकका लागि जस्तो सुकै कदम उठाएर भएपनि कोरोना रोकथामका लागि लागिपरि रहेको बताउनु भयाे । मन्थलीको कार्यक्रम पछि उहाको परिवार सहितकाे लावालस्कर रामेछाप नगरपालिका, जिल्ला अस्पताल हुँदै काठमाडौ फर्किने तय भएकाे बताइकाे छ । राज्य मन्त्री रावतले सोमबार काभ्रे जिल्लामा परिवार सहित घुमफिरमा विताएको श्रोतले उल्लेख गरेको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको