‘एउटा महिला हिंसाको मुद्धा लुकाउनु भनेको अरु थुप्रै हिंसा निम्त्याउनु हो’ – महिला अधिकारकर्मी दुर्गा घिमिरे

महिला शसक्तिकरण र हिंसा न्युनिकरण अभियानमा झन्डै तीस दशकदेखि सक्रिय एक जना महिला अधिकारकर्मीको नाम हो–दुर्गा घिमिरे । उनी कहिले सीमानामा बेचिदै गरेका थुप्रै छोरी चेलीको उद्धार गर्न पुगेकी छन त कहिले समाजमा चेतना जगाउन विभिन्न मिडिया मार्फत लेख प्रकाशन गर्ने गर्छिन । लैंगिक हिंसा विरुद्ध अनगिन्ती गतिविधि भएपनि दुर्गाको नजरमा महिला समानता र हिंसा न्युनिकरण भएको आभास हुन सकेको छैन । दुर्गाको तीस दशक अनुभवले के सिकायो र के बुझायो ? उनीसंग  लिएको अन्र्तवार्ता
आज २०७४ फागुन २४ गते अर्थात ८ मार्च । अन्तराष्ट्रिय नारी दिवस । नेपालमा थुप्रै गोष्ठी र सभा भइरहेका छन । तपाई चाहि के गरेर नारी दिवस मनउदै हुनुन्छ ?

हो, सबै गोष्ठी र सभामा केन्द्रित छन् । हरेक वर्ष नारी दिवसका दिन हुने गोष्ठी र सभामा नारी अधिकारका ठुला ठुला भाषण हुन्छन । नारी अधिकारका कुरा सुन्ने र सुनाउनु बाहेक अरु उपलब्धी म खासै देख्दिन । आजको दिन मात्रै ७ भन्दा बढि सभा र गोष्ठीमा निम्त्तो आएको थियो । उहि कुरा उहि शैली । दिक्क लागेर केहि मा मात्रै पुगे ।
मैले भने नारी हिंसा विरुद्ध लेख लेखेर विहानै नारी दिवसको उत्सव मनाए । जुन अत्यन्त महत्वपुर्ण लाग्छ मलाई ।
तीस दशक देखि लैंगीक हिंसा विरुद्ध लडिरहनु भएको छ । यो लडाईको विश्राम हुने सम्भावना छैन ?
सारै जटिल प्रश्न गर्नु भयो । मैले पुरै जीवन हिंसा विरुद्ध नै बिताएको छु । धेरै महिलाको उद्धार गरे पनि । तर, अझै अपुरो अभियान जस्तै लाग्छ । दिनानु दिन महिला हिंसाका डर लाग्दा घटना सुन्दा आफ्नो अथक मेहनत खेर गए जस्तो लाग्छ । दुखि हुन्छु तर, हिम्मत हारेकी छैन । लडाई जारी छ ।

हिंसाको घटना बढ्दै जानुको मुल चुरो के होला ?
शिक्षित समाज भन्नेहरुमा पनि यस्तै अवस्था देख्छु । बेलायत, अमेरिका, जापानमा एक दुई वष अघिको अध्ययन गर्दा महिला हिंसा बढेको मैले पाएकी छु । शिक्षित भएर मात्रै लैंगीक हिंसा समाधान हुन्छ भन्ने व्यर्थ रहेछ । खास गरि महिलाले आफ्नो क्षमता विस्तार गर्न सके र आफ्नो खुट्टामा आफै उभिन सके हेपिनु पर्दैन । परनिर्भरता नै हिंसाको एउटा कारण मान्न सकिन्छ ।
महिला हिंसा विरुद्ध कडा कानून निर्माण भएका छन् । के कानुनले काम नगरेकै हो त ?
कानुन देख्न र पढ्नका लागि मात्रै छ जस्तो लाग्छ मलाई । नभए पछिल्ला हिंसा सम्बन्धी घटनामा कसरी अनेक जालझेल गरेर मुद्धा लुकाउने काम कानुन कार्यन्वयन गराउनेहरुले गर्दै आएका छन् तपाई देख्न सक्नुहुनेछ । खास गरि प्रहरी प्रशासन र राजनीतिक दलको लापरवाहीका कारण महिला हिंसाका मुद्धा ओझेल पर्छन् । महिला हिसाका मुद्धा आझेल पर्नु भनेको फेरि थुप्रै हिंसालाई बढावा दिनु हो ।

उसो भए समस्याको समाधान के त ?

प्रस्ट छ । समस्या जटिल भएपनि समाधान सहज छ । कानुनको इमानदारीता पुर्वक कार्यान्वयन गरे पुग्छ । महिला हिंसा महिलाको मात्रै समस्या होइन । महिला हिंसा सम्पूर्ण समाजको रोग हो भनेर सबैले मिलेर समाधान खोज्न थाले समाजमा समानतामा आउन बेर लाग्दैन ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको