सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको पनि सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो। मंसिर ४ को चुनाव नजिकिएसँगै रातारात सरूवा बढुवालाई तीव्र पारेको सरकारले प्रहरी प्रधान कार्यालयस्थित कार्य...
प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो पदबहाली भएको एक वर्षका अवसरमा आइतवार जङ्गी अड्‍डास्थित सभामण्डपमा एक कार्यक्रम गरेर सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका...
नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २००...
काठमाडौं - नेपाल प्रहरीका एआइजी मुकुन्दराज आचार्यले बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । आचार्य प्रहरी एकेडेमीमा कार्यरत थिए । उनको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएका छन् । यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ । मंसिरसम्म रबिन्द्र...
मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड...
नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको छ। सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्। नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ। केही महिनाअघि...
काठमाडौं - भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उनले जङ्गी अड्डा मूल...
काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरीले दुई हप्तासम्मको भत्ता पाउने भएका छन् । कार्यरत जिल्लाभित्रै खटिनेलाई एक हप्ताको तथा अर्काे जिल्लामा खटिनेलाई दुई हप्ताको भत्ता दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएको छ । उनीहरुले एक दिनको तलब...
म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीले ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा ४७ हजार...
नेपाली सेनाले पछिल्लो परिवेशको बारेमा गम्भीर समीक्षा गरेको छ। बिहीबार र शुक्रबार जंगी अड्डामा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समिक्षा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। छलफलमा चार वटै कमाण्डका कमाण्ड सेनापतिहरू, जङ्गी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरूबाट जर्नेलहरू सहभागी थिए। हरेक कमाण्डरले आफ्नो क्षेत्रको...