काठमाडौं - १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् । कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले...
पछिल्लो पाँच महिनाको अवधिमा सैनिक कर्मचारीका लागी घर बनाउन नेपाली सेनाले ९० जनालाई ‘घर कर्जा’ दिएको छ । सैनिक कल्याणकारी कोषबाट ९० जनाले घरकर्जाका लागी दिएको निवेदन स्वीकृत गरेको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी महानिर्देशनालयका महासेनानी पुरन घलेले...
काठमाडौं - नेपाल प्रहरी १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा गर्ने निर्णय भएको जनाएको छ । साथै, यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ । त्यस्तै हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब...
सशस्त्र प्रहरी निरीक्षकबाट नायव उपरीक्षक पदमा पदोन्नति भएका ७२ जना अधिकृतहरूलाई उल्लेखित दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ। बिहीबार सशस्त्र प्रहरी मुख्यालय हलचाेकमा आयाेजित विशेष समाराेहमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले ​दर्ज्यानी चिह्न प्रदान गरे। त्यसअवसरमा महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै...
चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले आइतबार नेपाली सेनाका दुई कार्यालयमा पुगेका छन्। पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति सहायक रथी सन्तोष बल्लव पौडेलले...
काठमाडौँ - रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भू-राजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन्। भद्रकालीस्थित जंगीअड्डामा बुधबार ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक र समग्र सुरक्षामा असर पार्न सक्ने...
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले कार्य विभागमा कार्यरत एआईजी सहकुलबहादुर थापाको कमाण्ड केन्द्रीय निर्वाचन सेल गठन गरेको हो। केन्द्रीय निर्वाचन सेल गठन भएसँगै एआईजी थापाकै कमाण्ड मातहतमा अन्य निर्वाचन सुरक्षा समितिहरुले काम...
काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली शान्ति सैनिक तैनाथ लेवनानस्थित युनाइटेड नेसन अन्तरिम फोर्स इन लेवनान मिसन र सिरियास्थि युनाइटेड नेसन डिसेनगेज्मेन्ट अब्जर भेसन फोर्स मिसनको निरीक्षण सम्पन्न गरी असार १३ गते प्रधान सेनापति शर्मा अमेरिका प्रस्थान गरेका थिए। अमेरिकाको औपचारिक...
काठमाडौं - २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को पुनित अवसरमा सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले सांगठानिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु...
नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिम्मामा पश्चिम कमान्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्रकृतिक प्रकोप...