स्थानीय निर्वाचन

चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्। कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। मतगणना जारी छ।
बारा क्षेत्र नम्बर २ को सुरूवाती रुझान जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएको छ। १७ सय १७ मत गनिसक्दा यादवले ५१३ मतसहित अग्रता बनाएका छन्। कलैयामा भइरहेको मतगणनाको सुरुवाती परिणामअनुसार यादवपछि ४८५ मतसहित जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशावाह पछ्याइरहेका छन्। उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ४२० मतसहित तेस्रो...
तनहुँ - तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीच ४९६३ भोटको...
तनहुँ क्षेत्र नम्बर १ को मतपरिणाम आउने क्रम जारी छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायम राखेका छन्। सुरुदेखि नै अग्रता कायम राखेका वाग्लेले पछिल्लो मतपरिणाम अनुसार ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म ८ वटा वडाको...
बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उठ्ने भएका छन्। बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोतलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो। 'आज बसेको हाम्रो पार्टी कार्यकारिणी समितिको बैठकले नेता महतोलाई बारा २ मा उम्मेदवार बनाउने...
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव फागुनभित्र गर्न निर्वाचन आयोग र सरकारबीच छलफल भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका पदाधिकारीबीच भएको छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव फागुनभित्र सक्ने गरी छलफल भएको हो । ‘मिति तय भएको छैन । कानुनी परामर्श गरेर मिति तय गर्ने कुरा भएको छ,’ आयुक्त रामप्रसाद...
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन्। प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत...
निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ। बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ। एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधि...
काठमाडौं - प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । “मत गणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत हो,” उनले भने । आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार...
प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अझै सकिएको छैन। प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको नतिजा आइसक्दा समानुपातिकतर्फ भने अझै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी बसेको हो। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बाजुरा र दोलखामा खसेका समानुपातिक मत गणना भइरहेको जानकारी दिए। ‘बाजुराको ८ हजारजति मत आयोगको सूचना प्रणालीमा प्रविष्ट...