काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक युनिट सरुवाको सुरुवात गरेको छ। सशस्त्र प्रहरी बलको नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो। नेपाली सेनाको जस्तै मोडलमा सशस्त्र एकै पटक ‘गुल्म टु गुल्म’ को सरुवा गरेको हो। यसअघि नेपाली सेनाले...
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले शारीरिक रुपमा अंगभंग भई अशक्त भएका प्रहरी कर्मचारीको वृत्ति विकासका लागि एक तह बढुवा गर्ने भएको छ । आफूलाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारीरिक रुपमा अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको एपीएफले जनाएको छ । सो...
काठमाडौं - बेलायतको वेल्समा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा नेपाली सेनाको टोलीले रजत पदक जितेको छ। सेनाको टोलीले हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक जितेको छ। आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी...
देशमा महत्त्वपूर्ण मानिने दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरू नजिकिएका बेला सुरक्षा निकायका तीनै तहका प्रमुखहरू देशबाहिर गएका छन्।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख हाल देश बाहिर छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गरेका हुन्। उनी बेलायतबाट २७ गतेमात्रै फर्किने कार्यक्रम छ। यस्तै नेपाल प्रहरीका...
सशस्त्र प्रहरी बलले सिरहाका प्रमुख एसपी प्रमोद भारतीलाई तानेको छ । पछिल्लो समयमा सीमा क्षेत्रमा आर्थिक अपचलन र संगठनहित विरुद्धको काम गरेको भन्दै उनलाई केन्द्रका तानिएको हो । तराईका जिल्लाहरूमा चाडवर्पको समयमा हुने तस्करी नियन्त्रण लगायतका काम गर्न नसकेको भन्दै उनलाई तानिएको सशस्त्र प्रहरीले जनाएको छ । उनको ठाउँमा एसपी शिव...
नेपाल आर्मीका हरिचन्द्र गिरीले संसारमा ‘सबैभन्दा छोटो समयमा भर्‍याङ खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्। उनले २५.०३ सेकेन्डमा भर्‍याङको ७५ खुड्किला हातले टेक्दै ओर्लिएर गिनिज वर्ल्ड रेकर्ड हात पारेका हुन्। यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा यही विधामा गिनिज वर्ल्ड रेकर्ड बनाएका थिए। केन्नीको रेकर्ड...
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले कर्मचारीहरूको काज सम्बन्धी नयाँ मापदण्ड बनाएको छ। काज सम्बन्धी नयाँ मापदण्ड तयार गरी कार्यान्वयन गर्न देशभरका इकाइहरूमा सोमबार परिपत्र गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। व्यक्तिगत स्वार्थका कारण आफू अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरूत्साहित गर्न मापदण्ड तयार गरिएको...
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा जोगाउने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदानपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा र छविलाई उच्च...
प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो। सरुवासँगै एसपी इन्चार्ज रहने १४ जिल्लाका प्रमुख फेरिएका छन्। पश्चिम नवलपरासीमा काजीकुमार आचार्य, पूर्वी नवलपरासीमा नरहरी रेग्मी, सप्तरीमा गजुसिद्धि बज्राचार्य, कपिलवस्तुमा नवरत्न पौडेल र सुससरीमा...
नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को एकैपटक सरूवा भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ १२० जना डिएसपीको सरूवा गरेका हुन्। सरुवा भएका डिएसपीहरुले भदौ महिनादेखिको तलब भत्ता हाल सरूवा भएको दरबन्दीबाट खान पाउने व्यवस्था गरिएको छ। प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीलाई काठमाडौं जिल्ला प्रहरी परिसरको...