काठमाडौँ - राजधानीका दुई महानगरपालिकाका ५ सय जना कोरोना संक्रमित सम्पर्कविहीन छन्। पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ। काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको...
काठमाडौं - हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । हिन्दू परम्परा अनुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । विहिबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने...
काठमाडौं– मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नम्बर ५, गन्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुनेछ । आगामी २४ घन्टा देशको प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक,...
राहुल गुप्ता, बिरगंज - नेपालको राष्ट्रिय झण्डा रंगमा तयार भएको नेपाली रेल शुक्रबार जनकपुर आइ पुग्ने भएको छ । सिरहा- जयनगर स्टेशनमा हाेल्ड गरिएकाे नेपाली रेल आज शुक्रबार प्रदेश २ काे अस्थायी राजधानी जनकपुरधाम पुग्ने भएकाे छ । जनकपुर - जयनगर चल्ने रेल जयनगर आई पुगेको र जयनगरमा रेल आउने...
काठमाडौं- काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०७ जना, भक्तपुरका ५० जना र ललितपुरका ६१ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १०६४१ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ७३७ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ...
काठमाडौँ – कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बद्ध जनस्वास्थ्य एवं सुरक्षा अधिकारीहरूको बुधबार साँझ बसेको संयुक्त बैठकले निषेधाज्ञालाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेको...
काठमाडौं - लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह...
काठमाडौं- काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ६५२ जना, भक्तपुरका २५ जना र ललितपुरका ६० जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १०४९४ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ६७६ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ...
काठमाडौं -  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज काठमाडौंको जोरपाटीमा र बालाजुमा जुलुस प्रदर्शन गरिएको छ । योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै जुलुस प्रदर्शन गरिएको हो । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय...
कठमाडौं - नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ सार्वजनिक भएको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुको आचरण एवं व्यवहारमा समयानुकूल सुधार गर्दै सकल दर्जाका प्रहरी कर्मचारीलाई शिष्ट, मर्यादित, जबाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन वाञ्छनीय भएकोले प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षकबाट “नेपाल...