काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position) स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ। हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ। अबको २४...
भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् । युनिभर्सिटीले पाँच करोड मूल्य बराबरको छात्रवृत्ति घोषणा गरेको हो । नेपालका लागि अनलाइन छात्रवृत्ति परीक्षामा सहभागी हुनको...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार १५ जना सह-सचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार साउन ३ गते संघदेखि स्थानीय तहसम्म १५ जना सहसचिवहरूको सरुवा गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुरमा सरुवा गरिएको छ । संघीय मामिला...
नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । ‘बैठकले विभिन्न चारवटा...
काठमाडौं - तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा...
काठमाडौँ — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी...
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नेगरि गृहकार्यमा जुटेका छन् । पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि नेतृत्प्रति असन्तुष्ट रहेका नेताहरु नै एमालेमा प्रवेश गर्नको लागि आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ । नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जानेगरि तयारी थालेको बुझिएको छ...
खारेजीमा परेको तत्कालीन नेकपाकालीन पाँचजना नेता फेरि वार्ताका लागि जुटेका हुन्। नेकपा हुँदा पाँचजना सचिवालय सदस्यहरु सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा छलफलका लागि जुटेका हुन्। उक्त बैठकमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड...
काठमाडौं - काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने योजना अघि सारेको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई भेटेर महानगरका मेयर बालेन्द्र शाहले उपत्यकाका सार्वजनिक सवारी साधनमा जीपीएस जडान गर्ने योजना सुनाएका हुन्। यसमा साथ दिन उनले मन्त्री राईलाई आग्रह गरेका थिए। ‘उपत्यकाका सार्वजनिक...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन...