काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पुस १३ गते देशैभर प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।
शनिबार सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न आह्वान गर्नुभएको हो ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले...
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बुधबार भएको भेटवार्ता 'कालो बादलमा चाँदीको घेरा भेटिएझैं' भएको पूर्वमन्त्री गोकर्ण विष्टले टिप्पणी गरेका छन् । सो भेटबाट पार्टी कार्यकर्तामा आशा पलाएको विष्टको भनाइ छ ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले...
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताएका छन् ।
पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उनले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिए ।
उपसभापति निधिले कांग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान...
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको महाशाखाले जनाएको छ ।
हाल देशका मध्य भू–भाग र पश्चिमी भू–भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा...
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । आजको बसेको सो समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।
वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय...
काठमाडौं - नेकपा (एमाले) विभाजनको दिशातिर अग्रसर भएका बेला पार्टी विदेश विभाग उपप्रमुख विष्णु रिजालले विभक्त दल चल्न नसक्ने बताएका छन् ।
उनले ट्विटरमा विगतमा उदाहरण दिँदै त्यस्तो धारणा राखेका हुन् । उनले ट्विटरमा लेखेका छन्, “एमाले संकटको डिलमा पुगेको छ । अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ–...
काठमाडौँ - संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।
पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित...
युवा नेता राजु बरालले सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षको उम्मेदवारको प्रमुख दावेदार रहेको बताएका छन् ।नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटी सदस्य समेत रहेका बरालले गाउँपालिका अध्यक्षमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । आफू गाउँ-गाउँमा गएर संगठन विस्तारमा लागेको उनी बताउँछन्
फिक्कलमा राजु बराल सबैभन्दा बलिया उमेदवार हुन । उनलाई टिकट...
काठमाडौं ।
सरकारले फिर्ता भएको नागरिकता सम्बन्धी विधेयक आजै पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठक बसेर आजै विधेयक प्रस्तुत हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
नागरिकताबाट वञ्चित हुनुपरेका सबैलाई समेट्नका लागि यो विधेयक फिर्ता गरिएको भन्दै उनले सरकारले आजै मन्त्रिपरिषद्को बैठकबाट फेरि यो विधेयक प्रस्तुत गर्ने बताए ।
सबै नेपालीलाई...
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहको छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन...