काठमाडौं - नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले शनिबार पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम...
काठमाडौँ - सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५ औं रजत महोत्सवको अवसरमा बिहिबारदेखि तीन दिनसम्म चलेको फोटो प्रदर्शनी शनिबार लगन टोलबाट सकिएको हो । प्रदर्शनी रथयात्राकाे प्रमुख विश्राम स्थलमा पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन...
काठमाडौं – नेकपा एमालेमा सहमति खोज्न गठित कार्यदलको बैठक बिगत १० दिनदेखि बस्दै आएको छ । हिजो बसेको बैठकमा एमाले एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको वैठक समझदारीमा टुंगिएको हो । बैठक लगभग सहमतिमा पुगेको केहि बिषयमा सहमति हुन मात्रै बाँकी रहेको माधब नेपाल...
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो । भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गरेकी हुन् । आफ्नो सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा...
काठमाडौं -  प्रचण्ड– नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तयारी गरेको छ । सर्वाेच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसला र आगामी रणनीति तयार गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्ड– नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति...
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग्ने तयारी गरेको छ । ठमेलको छाँया सेन्टरमा रहेको ‘भिएफएस ग्लोबल’ मा भिसा आवेदनको लागि बायोमेट्रिक्स दिन जाने क्रममा मन्त्री श्रेष्ठले ‘लाईनमा बस्नुहोस भन्ने’ सुरक्षाकर्मी शेरजंग गुरुङलाई अभद्र व्यवहारको नाममा पक्राउ गर्न लगाएको भन्दै उनको आलोचना...
आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ। चामल, दूध, नरिवल, छोकडा र...
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ...
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए पनि शुरुमा भएका क्रान्तिकारीहरु...
कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ। बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए। ‘बालविवाह गर्ने चलन निकै रहेको...