सम्पर्क समिति पुरानागाँउद्वारा स्वास्थ्य सामग्री वितरण

रामेछाप- नेपाली कांग्रेस पुरानागाउँ -काठमाडौ सम्पर्क समितिले
मन्थली नगरपालिका ९ पुरानागाउकाे स्वास्थ्य चाैकि र सहरी स्वास्थ्य चाैकीमा स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।

बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोनाले विश्व नै अाक्रान्त बनेकाे बेला रामेछाप जिल्लाकाे मन्थली नगरपालिका ९ पुरानागाउँ पनि अछुतो रहन सकेन । यस महामारीकाेे समयमा पुरानागाउँबासिको स्वास्थ्य लाई मध्ये नजर गर्दै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र संक्रमित विरामीका लागि अबास्यक पर्ने स्वास्थ्य सामग्री लिएर सम्पर्क समितिका अध्यक्ष लामा शनिबार पुरानागाउका स्वास्थ्य चाैकी पुगेका थिए ।
स्वास्थ्य चाैकी पुगेका संयाेजक लामाले पुरानागाउँको स्वास्थ्य चौकीका ईन्चार्ज श्री राज कुमार आरण र सहरी स्वास्थ्य क्लिनिक बाहुनचुराको ईन्चार्ज श्री महेश श्रेष्ठ लाई उक्तसामग्री हस्तान्तरण गरेकाे वडा अध्यक्ष श्री बुद्धि बहादुर पुलामी मगर (भरत ) जानकारी दिए ।

स्वास्थ्य सामग्रीहरुमा अक्साेमिटर -२ थान,थर्मोमिटर- ४ थान,प्यासिटामोल -१५०० चक्की,भिटामिन बि – कम्प्लेस ३00 चक्कि, माक्स- १००० थान र ५ लिटर सेनिटाइजर रहेका छ ।