माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।
यस वर्षको माध्यमिक...
ओडिसा- भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले सोमबार माफी मागेको छ।
एकजना नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार रहस्यमय मृत्यु भएपछि आन्दोलित अन्य नेपाली विद्यार्थीमाथिको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ ।
केआईआईटीले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ । उनीहरूले अब...
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ–...
काठमाडौं - नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
१९ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी,...
केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै जाडो बढेपछि रौतहटका विद्यालय बन्द भएका छन्। चिसोले रौतहटका नागरिकको जनजीवन प्रभावित बनेको छ। केही दिनयता घाम नलागेका कारण थप समस्या भएको हो। जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन्।
गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै तीन दिन गौर नगर क्षेत्रका विद्यालय...
राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिस्ट्रेसन फारम बापतको शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न लागेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्याउन लागेको व्यवस्थाअनुसार अर्को वर्षदेखि विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन। यसबाट झण्डै पाँच लाख विद्यार्थी लाभान्वित...
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा धेरै परीक्षार्थी उत्तीर्ण भएका छन्।
सन् २०२४ मा इपिएसमार्फत् उत्पादन क्षेत्रमा काम गर्न कोरिया जानका लागि सञ्चालित भाषा परीक्षामा २६ हजार सहभागी भएका थिए। तेस्रो चरणको भाषा परीक्षामा सहभागीमध्ये तीन हजार एकसय २६ जना परीक्षार्थी उत्तीर्ण भएका ईपीएस शाखाले...
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन्।
यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो। अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन्। महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि यहाँका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द...
काठमाडौं– कक्षा-१२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको आजको निर्णयानुसार परीक्षा नतिजा प्रकाशित गरेको हो।
परीक्षा बोर्डका अनुसार परीक्षार्थी संख्या एक लाख २२ हजार एक सय ७१ जना थिए। जसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्।
२...
ललितपुर - लामो समय सामाजिक क्षेत्रमा काम गर्दै आएको लायन्स क्लब अफ काठमाडौँ हिमचुलीले विद्यार्थीलाई स्टेशनरीका सामग्री वितरण गरेको छ ।
सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका सानागाउँमा रहेको भानोदय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कापी, पेन्सील र इलेजर निशुल्क वितरण गरेको हो ।
विद्यालयलाई एक सय ५० थान स्टेशनरीका सामग्री गरिएको लायन्स...