एमालेसँग संवाद गर्न समाजवादी प्रवक्ता खतिवडाले राखे यस्ता शर्त

काठमाडौं – नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले एमालेसँग संवाद गर्न शर्त राखेका छन्।

केन्द्रीय कमिटिको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले एमालेसँग संवादका लागि सर्वोच्च अदालतमा नेकपा एकीकृत समाजवादी अवैधानिक भएको दाबी गरेको मुद्दा फिर्ता लिनुपर्ने र आफूहरुलाई दलको मान्यता दिनुपर्ने बताए।

‘एमालेले आजसम्म राजनीतिक दलको दर्जा नै दिएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा कुनै संवाद हुँदैन। एमालेलाई संवाद चाहिएको हो, एकीकृत समाजवादीसँगै हुनुपर्छ भन्ने लागेको छ भने अदालतमा रहेको मुद्दा फिर्ता लियोस् अनि पार्टीलाई मान्यता दिएको अभिव्यक्ति आयोस्।’

त्यस्तै एमालेले संसद विघटनलाई गल्तीका रुपमा स्वीकार गर्नुपर्ने एकीकृत समाजवादीको शर्त रहेको उनले बताए।

खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताएका छन्। मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘त्यो सर्त गलत हो। पार्टीसँग यस प्रकारको बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन’, शनिबार बसेको केन्द्रीय कमिटीको बैठकपछि खतिवडाले भने।

पाँच दलिय गठबन्धनलाई उच्च प्राथमिकता दिएको तर कसैसँग शरणमा नपर्ने उनले बताए। उनले पाँच दल भन्दा बाहिरका दलहरुसँग पनि खुला छलफल गर्ने बताए।

आगामी निर्वाचनपछि भूमिका अझै बढ्ने भन्दै उनले अघिल्लो निर्वाचनमा २७ प्रतिशत स्थानमा मात्र उम्मेदवादी दिएको जानकारी दिए। उक्त अवधिमा ९ लाख मत पाएको भन्दै उनले पूरै स्थानमा उठाएको भए धेरै मत आउने विश्वास व्यक्त गरे। बैठकमा संगठन विस्तार गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ।

केन्द्रीय कमिटी बैठकमा पाँच कुरा महत्वपूर्ण रुपमा उठाइएको उनले बताए। स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत र कमजोरी औंल्याउँदै अघि बढ्ने उनको भनाइ छ।

आम निर्वाचनको तयारी कसरी गर्ने भन्ने विषय पनि बैठकमा अध्यक्ष माधव नेपालले प्रतिवेदन पेस गरेको उनले जानकारी दिए। केन्द्रीय परिषदको बैठकमा उक्त कुरा पेस हुने उनले बताए।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको