परिवारवादको आरोप लागेपछि वामदेव गौतमले दिए यस्तो प्रतिक्रिया

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतममाथि नयाँ पार्टी नबन्दै परिवारबादको आरोप लागेको छ ।

नयाँ पार्टीमा आफ्नो श्रीमती र छोरालाईसमेत केन्द्रीय सदस्य बनाएको भन्दै पत्रकार सम्मेलनअघिदेखि नै उनको आलोचना सुरु भएको थियो । उनले पार्टीमा परिवारबाद हाबी गरेको भन्दै विरोध भइरहेको थियो ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो परिवारका सदस्यले राजनीतिमा लाग्न पाउने स्वतन्त्रता रहेको बताए । लोकतन्त्रमा आफू राजनीतिक दलमा लागेर देशको अवस्था फेर्छु भन्छ भने त्यसमा परिवारबादको कुरा नआउने बताए ।

उनको नयाँ पार्टीमा उनकी श्रीमती तुलसा थापा र छोरा हरिषदेव गौतम अटाएका छन् । थापा नेकपा एमालेकी सांसद रहेकी थिइन् । गौतमले एमाले परित्याग गर्दा थापा भने एमालेमै बसेकी थिइन् ।

‘पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’

यस्तै गौतमले घोषणा गरेको पार्टीको केन्द्रीय सदस्यमा भक्तपुरका पतिपत्नी नै परेका छन् । ७५ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका ३ जना केन्द्रीय सदस्य अटाएका छन् । जसमध्ये दिपेश न्यौपाने र पविता लिम्बु श्रीमान् श्रीमती हुन् । अर्का केन्द्रीय सदस्यमा भने थिमीका डा प्रकाशमान श्रेष्ठ रहेका छन् ।

आफ्नो श्रीमती र छोरालाई समेत केन्द्रीय समितिमा पुर्याएका अध्यक्ष गौतमले भक्तपुरबाट पनि श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बनाएका हुन् ।

भक्तपुरको चाँगुनारायण ३ निवासी दिपेश न्यौपाने गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट नेपाली काँग्रेस प्रवेश गरेका थिए । त्यस अघि उनी साझा बिबेकशील पार्टीको तर्फबाट प्रदेश सांसदमै उम्मेद्वारी दिएका व्यक्ति हुन् । उनकी श्रीमती लिम्बु भने एक निजी विद्यालयमा शिक्षक छिन् ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको