आफ्ना नयाँ मन्त्रीहरुलाई बोलाएर माधव नेपालले दिए कडा निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीहरुलाई बोलाएर कडा निर्देशन दिएका छन्।

 पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् ।

नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएर पठाएका छन् । विहान १० बजेतिर नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।

‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला’ नेपालको भनाई उदृत गर्दै प्रशिक्षणमा सहभागी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भने, ‘विवादित काम नगर्नुहोला बदनाम गर्ने काम नगर्नुहोला । हामी नयाँ पार्टी भर्खरै निर्माण गरेका छौ । पार्टीको शीर उचो हुने काम गर्नुहोला ।’

पार्टीका मन्त्रीहरु कतै आर्थिक लेनदेनमा मुछिएको खबर सुन्न नपर्नेगरी जनताको पक्षमा काम गर्न नेपालले निर्देशन दिए । देश र जनताको पक्षमा काम गर्ने मन्त्रीलाई पार्टीले सधै साथ दिने नेपालको भनाई थियो ।

यस्तै समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक १७ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए ।

दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ। यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ ।

विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग्ने प्रस्ताव पारित गर्दै भारतीय बाँधको समस्या समाधान गर्न पनि सरकारसमक्ष माग गरिएको छ । भ्रष्टाचारमाथि कारबाही,सुकुम्बासी समस्या समाधान, हैजाको रोकथामलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

केन्द्रीय परिषद् बैठकले अध्यक्षको प्रतिवेदन संशोधनसहित पारित गरेको पनि खतिवडाले जानकारी दिए । लगभग १६०० जना परिषद् सदस्य सहभागी बैठकमा आम निर्वाचन र प्रदेशको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा उभ्याउने भनेर साझा निर्णय भएको पनि उनले बताए ।

बैठकले गठबन्धनमात्रै नभइ पार्टीको शक्ति र क्षमताले भ्याएसम्म घरघरमा पार्टीको चुनाव चिह्न लिएर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

पार्टी सम्पूर्ण रुपमा चुनावमा होमिएको पनि खतिवडाले बताए । बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल भएको थियो । छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिइने समाजवादीको भनाइ छ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको