प्रधानमन्त्री कार्यालयमा ‘गोप्य डिभाइस’ राखेर सूचना ‘लिक’ हुने गरेको खुलासा

काठमाडौँ – प्रधानमन्त्री कार्यालयमा ‘गोप्य डिभाइस’ राखेर सूचनाहरु लिक हुने गरेको सनसनीपूर्ण खुलासा भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल गोप्य डिभाइस जोडेर सूचना लिक हुने गरेको तथ्य खुलाएका हुन् ।

एमसीसी र एसपीपीबिरुद्ध खम्बाझै उभिएका खनालले प्रधानमन्त्रीको कार्यकक्षमा हुने गोप्य संवाद बाहिर ‘लिक’ हुने गम्भीर र सनसनीपूर्ण खुलासा समेत गरेका हुन् । डिजिटल पत्रिका लोकान्तरसँग कुरा गर्दै खनालले आफू प्रधानमन्त्री हुँदा यस्तो घटना घटेको बताए ।

‘पहिलो कुरा, राष्ट्रियता र अन्य कतिपय संवेदनशील मामलामा म जहिले पनि सतर्क रहें । म प्रधानमन्त्री बनेको दुई तीन दिनमै त्यतिबेलाका मुख्यसचिवलाई बोलाएर कुराकानी गरेको थिएँ, केही विशेष मामिलामा ।

ती राज्यका अत्यन्त महत्त्वपूर्ण एवं गोप्य मामिला थिए ।’, खनालले भने, ‘त्यसबारेमा मैले गरेको कुराकानी जस्ताको तस्तै भोलिपल्ट एउटा पत्रिकामा आयो । म छक्क परें । मैले मुख्यसचिवलाई बोलाएर सोधें– के हो ? तपाईंसँग बाहेक अन्त त कुरा भएको छैन । ठ्याक्कै त्यही ढाँचाको कुरा कसरी आयो ?’

खनालले अगाडि भने, ‘उहाँले कसैसँग पनि कुरा गरेको छैन भन्नुभयो । यसबारे कुनै चर्चा समेत अन्य व्यक्तिसँग गरेको छैन भन्नुभयो । उहाँबाट बाहिर कुरा नगएको पक्का भएपछि यसको ‘इन्भेस्टिगेसन’ गरौं भन्ने भयो । ‘इन्भेस्टिगेसन’ पछि म के टुंगोमा पुगें भने हाम्रो उपल्लो तहभित्र पनि सूचना ‘लीक’ गर्ने केही ‘सिस्टम’हरू स्थापित छन् ।’

त्यस्तो कुराको जानकारी प्राप्त भइसकेपछि आफूले आवश्यक विभिन्न संस्थामा त्यसबारे सूचित गरेको बताए । ‘हेर, यो के चिज हो ? उनीहरूले हेरे । त्यसपछि भित्र केही छ भन्ने थाहा भयो । ‘काउन्टर इन्टेलिजेन्सी’को कुरामा देश सतर्क हुनुपर्छ अनि त्यो खालको मेकानिजम र ‘इक्युप्मेन्ट’मा हामी ‘वेलइक्युप्ड’ भएनौं भने देश निकै ‘भल्नरेबल’ स्थितिमा पुग्छ भन्ने कुरा मैले त्यतिबेला गरेको थिएँ । अहिले तपाईंलाई जे सार्वजनिक गरेको छु, यो कुरा आजसम्म त्यो बेलाका मुख्यसचिव र मबीचमा मात्र सीमित थियो ।’, खनालले भने ।

‘शुरूको मेरो आशंका ९० प्रतिशत मिल्यो । त्यस्तो कुरा थाहा पाउन सक्ने सिस्टम हुँदोरहेछ नि ! हामीले पनि यी चिजहरूलाई काउन्टर गर्ने सिस्टम स्थापित गर्नुपर्छ ।

तर, म धेरै समय बस्न पाइनँ । त्यस्ता ‘इक्युपमेन्ट’ बाहिरबाट ल्याउनुपर्‍यो, यहाँ त बन्दैन । हामीले यसमा अलिकति काम पनि गरेका थियौं । मेरो कार्यकाल सकिएपछि के भयो मलाई थाहा छैन ।’ उनले भने ।

उनले प्रधानमन्त्री निवासमा बालुवाटारमा यस्तो प्रविधि जडान गरिएको हो वा सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको जडान गरिएको हो खुलाएनन् ।

‘कार्यालयबारेमा अहिले म खुलाउँदिन । जुन ठाउँमा कुरा गरेको थिएँ, त्यो निकै महत्त्वपूर्ण ठाउँ हो । त्यसपछि मैले त्यो ठाउँमा कुरा गर्न छाडें । अर्को ठाउँमा कुरा गरेपछि सूचना ‘लीक’ हुन छाड्यो ।’

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको