काठमाडौं – नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ। उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ ।

तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले बताएका छन् । उनले आफू सकुशल रहेको जानकारी गराएका छन् ।

उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो १ रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

स्कारपियो सडकबाट चिप्लेर खोल्सामा झर्न लाग्दा अगाडि ढुंगाको ओत लाग्न पुगेकोले ठुलो घटना हुनबाट जोगिएको उपसभापति गुरुङले बताए । उनीसँगै सवार सबै सुरक्षित रहेको उनले बताए ।

कच्ची सडकमा गाडी अनियन्त्रित भएको थियो। ‘हामी सबै जना सकुशल छौं,’ उपसभापति गुरूङले भने, ‘एक्साभेटर बोलाएर गाडी तान्ने तयारी छ।’

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए ।

ओखलढुंगा गएका उपसभापति गुरूङसहितको टोली काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका थिए। उनीहरु ओखलढुंगा घर भएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here