एमाले अध्यक्ष ओलीसंगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताले के- के भने ?

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुई नेताबीच दुई देशबीचको आपसी हित र विकास साझेदारीबारे कुराकानी भएको बताइएको छ।

भेटमा सहभागी नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले लिउ र ओलीबीच दुई मुलुकको आपसी हितको बारेमा छलफल भएको बताए।

भट्टराईका अनुसार लिउले चीन र नेपालको सम्बन्धबारे चर्चा गरेका थिए। चीन र नेपालबीच धेरै अगाडिबाट राम्रो र सुमधुर सम्बन्ध रहेकोले आजको बदलिँदो परिवेशमा पनि दुई मुलुकबीच जुन आधारमा सम्बन्ध रहेको थियो त्यहि अनुसार अघि बढ्नु पर्नेमा लिउले जोड दिएका थिए।

लिउले चीनका लागि नेपाल महत्त्वपूर्ण छिमेकी राष्ट्र रहेको उल्लेख गर्दै चीन र नेपालबीच हुँदै आएको विकास तथा साझेदारीलाई निरन्तर बढाउन चाहेको ओलीसमक्ष बताएका छन्।

‘नेपाल अत्यन्त मैत्रीपूर्ण छिमेकी मुलुक र विकासको साझेदार भएकोले चीनले त्यसलाई निरन्तर बढाउन चाहेको छ।’ लिउको भनाइ उद्धृत गर्दै भट्टराईले नेपाल लाइभसँग भने।

भट्टराईका अनुसार लिउले नेपालले एक चीन नीति प्रति देखाएको प्रतिबद्धताप्रति पनि चासो व्यक्त गरको थिए।
जवाफमा ओलीले नेपाल एक चीन नीतिप्रती प्रतिबद्ध रहेको र कुनै पनि छिमेकीविरुद्ध नेपाली भूभाग प्रयोग हुन नदिने बताएका भट्टराईको भनाइ छ।

ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, ‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, साथै नेपाली भूभाग चीनियाँ वा कुनै पनि छिमेकी मुलुकका विरुद्ध प्रयोग हुन निदेनेमा विश्वास दिलाउँछौँ।’

चर्चामा रहेको वाम एकतामा भने चीनको चासोका सम्बन्धमा लिउको कुनै पनि धारणा नरहेको भट्टराईले बताए।
भट्टराईका अनुसार लिउले नेपालको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेप नगर्ने चीनको नीति रहेको उल्लेख गरेका छन्।

‘लिउले तपाईंहरू विचार मिल्ने एक ठाउँ आउन सक्नु हुन्छ, त्यो तपाईहरूको कुरा हो भन्नुभयो’, भट्टराईले भने।

तत्कालीन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा चीनको भूमिका रहेको चर्चा हुने गरेको थियो। यस्तै, नेकपाभित्र देखिएको विवाद समाधानमा पनि चिनियाँहरुले मध्यस्थताको भूमिका निर्वाह गर्ने गरेको विषय पनि चर्चामा आउने गरेको थियो।

तर, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउले भने प्रत्यक्ष रुपमा वाम एकताको कुरा नगरेको एमाले विदेश विभाग प्रमुख भट्टराईको भनाइ छ।

लिउले ओलीलाई भेट्नुभन्दा अघिल्लो दिन सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका थिए। प्रचण्डसँगको कुराकानीमा पनि लिउले विकास साझेदारी, एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता र अन्तर्राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको