बाबुराम भट्टराई समूहले दर्ता गर्यो पार्टी, नाम र चुनाव चिन्ह के ?

काठमाडौं – जनता समाजवादी पार्टीबाट अलग रहने निर्णय गरेका बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ।

यो समूहले नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ ।

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

२ वर्षसम्म यो चुनाव चिह्न अर्को पार्टीले नपाउने भएका कारण नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ राख्ने र डा. बाबुरामलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

त्यसअनुसार आइतबार विधान संशोधनका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले विधान स्वीकृत गरेपछि केन्द्रीय कार्यसमिति परिर्वतन हुन्छ । एक नेता भन्छन्, ‘त्यसपछि बल्ल डा। बाबुरामको हातमा पार्टी आइपुग्छ ।’

नेताहरुका अनुसार पार्टीको विधानमा फरक फरक समुदायबाट तीन अध्यक्षको व्यवस्था गरिएको छ । डा. भट्टराईले अध्यक्ष बन्ने रुचि देखाएको अवस्थामा खसआर्य समुदायबाट उनी अध्यक्ष बन्ने छन् भने मधेसी समुदायबाट महेन्द्र राय यादव हुनेछन् ।

आदिवासी जनजाति क्लस्टरबाट भने कसलाई अध्यक्ष बनाउने भन्ने अन्यौल छ । एक नेता भन्छन्, ‘हिषिला यमी र गंगानारायण श्रेष्ठ बाहेक अरु छैन । कि त उहाँहरुलाई राख्नुपर्‍यो, होइन भने दुई अध्यक्षमा राखेर चुनावसम्म जाने अवस्था पनि आउनसक्छ ।’

दलको नाम परिर्वतन लगायतका प्रक्रिया बाँकी रहेकाले यसबारे निर्णय भइनसकेको एक नेताले बताए ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको