बंगलादेशको विश्वविद्यालयमा फोटो ​​पत्रकारितासम्बन्धी अन्तरक्रिया, नेपालका फोटो पत्रकार वन्तले सुनाए अनुभव

बंगलादेश- नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ ।

बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो ।

विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको उक्त गोष्ठीका प्रमुख वक्ताका रुपमा कार्यक्रममा सहभगि एनएफपीजेका अध्यक्ष वन्तले पत्रकारले कठिन समयमा कसरी सङ्घर्षका साथ काम गर्नुपर्छ भन्ने बारेमा अनुभव सुनाउनुभएको थियो ।

कोभिड-१९ मात्र होइन, कुनै पनि अप्ठ्यारो अबस्थामा पत्रकारले काम गर्नुपर्ने भएकाले जस्तो सुकै परिस्थितिमा पनि पेशागत मर्यादालाई भूल्न नहुनेमा उहाँको जोड थियो ।

अध्यक्ष वन्तले कोरोनाकालमा नेपाली फोटो पत्रकारले खेलेको भूमिका र उनीहरुमा परेको विभिन्न समस्याका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘कोभिडको समय फोटो पत्रकारका लागि धेरै गाह्रो थियो, त्यसबेला हामीले धेरै जोखिम उठायौँ, सुरुका दिनमा जब कोभिड लागेका विरामीको फोटो खिच्न जान्थेंँ, मसँग कुनै सुरक्षा उपकरण थिएन, जोखिम मोलेरै काम गरेँ।’

उहाँले फोटो पत्रकारलाई मात्रै होइन हाम्रो संस्था एनएफपिजेबाट पनि नागरिकलाई सहयोग गर्ने प्रयास गरेको जानकारी गराउनुभयो । कोभिडको खोप उपलब्ध हुन नसकेका पत्रकारलाई खोप उपलब्ध गराउन सक्रिय भएर लागेको पनि उहाँले बताउनुभयो ।

सो क्रममा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीसँग अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियका क्रममा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का कोषाध्यक्ष सागर श्रेष्ठले फोटो पत्रकारिता गर्दागदै आफूलाई दुई पटक कोभिड संक्रमण भएको भन्दै आफ्नो अनुभवहरु सुनाउनुभएको थियो ।

उक्त विश्व विद्यालयका पत्रकारिता तथा सञ्चार अध्ययन विभागकी सहप्राध्यापक सलमा अहमदले सञ्चालन गर्नुभएको सेमिनारको अन्त्यमा सहभागिहरुसँग नेपालको फोटो पत्रकारिता र समग्र फोटो पत्रकारिताको अवस्थाका विषयमा प्रश्नोत्तर समेत भएको थियो ।

उहाँले विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासा मेटाउनुभएको थियो । सोही अवसरमा नेपालको ऐतिहासिक तस्विरसमेत प्रदर्शन गरिएको थियो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको