पर्सा प्रहरीको ६ महिनाको काम, पर्साबासी भन्छन् : एसपी पन्त अहिलेसम्मकै उत्कृष्ट प्रहरी प्रमुख

राहुल गुप्ता 

विरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसातादेखि श्रावण महिनाको पहिलो सातासम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सृट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोहडा लगाएतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ ।

त्यस्तै ८२ लाख १४ हजार, ८ सय ६५ रुपैया सहित हुण्डी कारोवारमा संलग्न रहेको १७ जनालाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

त्यसै गरिपर्सा प्रहरीले ३ करोड २लाख ५९ हजार ३ सय ३२ रुपैयाँ बराबरको तस्करीको सामान सहित ३५ जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताइन् । पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाय तोकेको र बिभिन्न मुद्दामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपैया जरिवाना असुलि गर्ने सफल भएको प्रहरी निरिक्षक रबिभुषण यादबले जानकारी दिए ।

पर्सा प्रहरी उपरीक्षक पन्तको कार्यकारमा जिल्ला प्रहरी कार्यलय पर्सामा जम्मा १०८१ मुद्धा दर्ता भएको छ भने अहिलेसम्म ७८४ मुद्धा र्फछर्ट भएकोले पर्सा जिल्लाको पहिलो प्रहरी उपरीक्षक पन्तको कार्यशैलीले पर्साबासी निकै खुशि रहेको जानकारहरुले भनाइ छ  ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते कार्यभार सम्भालेदेखि तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् ।
पर्सा प्रहरी उपरीक्षक पनतले लकडाउनलाई सफल पार्नेको लागि १८/ १८ घण्टा आफै डियुटि गरि लकडाउनको पालना गराई सफल बनाएकी थिइन्।

त्यस्तै वीरगञ्जको घण्टाघरदेखि  मुर्लिसम्म नाला सरसफाई अन्तर्गत भारतिय महावाणिज्य दुतावाससम्मको नाला सरसफाई गरिएको त्यसैगरी वीरगञ्जको भगवति टोलको नाला पनि सरसर्फाइ गरिएको छ । सडकलाई व्यवस्थित बनाउनका लागि सडकमा जथाभावि छोडिएका छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिइएको छ।  नियन्त्रणमा लिएका छाडा चौपायलाई आर्दशनगरस्थित काँजी हाउसमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहार समेत फेरिनेमा अभियन्ताहरु विश्वस्त छन् ।
त्यसै गरि एसपी पन्तले हरेक महिनामा प्रहरीसंग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको पहिलो एसपी हुन् ।

क्राईम टोली प्रहरीको ईन्चार्ज रबि भुषण यादवको सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएको छन्।भने पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि आएपछि पर्सा जिल्लाबासीहरु क्राईम ब्रान्च प्रमुख यादब र प्रहरी उपरीक्षक पन्तसंग निकै नै खुशी रहेको पर्सा जिल्लाका स्थानिय जितेन्द्र कुशवाहाले बताए ।
जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गरेको बताइन् ।  प्रहरी उपरिक्षक पन्त भन्छिन् : आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेदेखि  बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरिन ।  प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनि सोही गरेको उनले बताइन् ।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको