स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं – स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका डिप्लोमा कार्यक्रम (DP) वर्ष २ का १२ जना विद्यार्थीले प्रतिष्ठित गोल्ड अवार्ड र कक्षा १२ का २२ जना विद्यार्थीले सिल्भर अवार्ड प्राप्त गरेका छन्। पुल्चोकस्थित द स्क्वायर होटलमा आयोजित उक्त समारोहमा ३४ जना विद्यार्थीले हासिल गरेको यो उपलब्धि उनीहरूको निरन्तर मेहनत, लगनशीलता र व्यक्तिगत विकासप्रतिको प्रतिबद्धताको प्रतिफल हो।

यस पुरस्कारको सर्वोच्च तह गोल्ड अवार्ड प्राप्त गर्न विद्यार्थीहरूले स्वयंसेवा, सीप विकास, शारीरिक व्यायाम तथा खेलकुद, साहसिक यात्रा र आवासीय परियोजनासहितका पाँच विधामा निरन्तर सहभागिता जनाउनुपर्छ। यस क्रममा विद्यार्थीहरूले भुण्डोलमा अभ्यास साहसिक यात्रा, रानीकोटमा निर्धारित साहसिक यात्रा तथा सिन्धुपाल्चोकस्थित बोडगाउँ लोटस स्कुलमा आवासीय परियोजना सफलतापूर्वक सम्पन्न गरेका थिए। यी अनुभवले उनीहरूमा नेतृत्व क्षमता, सहकार्य, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

त्यसैगरी, सिल्भर अवार्ड प्राप्त गर्ने २२ जना विद्यार्थीहरूले विभिन्न विद्यालयीय कार्यक्रमहरूमा खाद्य परिकारका स्टल सञ्चालन गरी परोपकारी उद्देश्यका लागि रकम सङ्कलन गरेका थिए। सङ्कलित रकमलाई सदुपयोग गर्दै बर्दिबासस्थित मुसहर बस्तीमा सम्पन्न साहसिक यात्राका क्रममा स्थानीय बालबालिकासँग शिक्षण तथा सिकाइसम्बन्धी गतिविधि सञ्चालन गर्नुका साथै उनीहरूको शैक्षिक सहयोगका लागि आवश्यक स्टेसनरी सामग्री वितरण गरेका थिए। यसअघि उनीहरूले शिवपुरीमा साहसिक यात्रा पनि सम्पन्न गरेका थिए।

स्वस्तिश्री गुरुकुलले ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारलाई समग्र शिक्षा, अनुभवमा आधारित सिकाइ, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धिको महत्त्वपूर्ण माध्यमका रूपमा लिँदै आएको छ। गोल्ड र सिल्भर अवार्ड प्राप्त गर्ने ३४ जना विद्यार्थीको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गौरवको विषय हुनुका साथै अन्य विद्यार्थीहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छन् ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

भर्खरै

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

धेरै पढिएको