टेलिकम डुबाउन यति ठूलो चलखेल, छानबिन समितिलाई काम नदिने को हुन् ?

काठमाडौं – गत असार ९ गते बिहान ५ बजेर ५५ मिनेटदेखि ८ बजेर १५ मिनेटसम्म नेपाल टेलिकमका सेवाहरु पूर्ण अवरुद्ध भएको थियो  ।

दुई घण्टा २० मिनेट सञ्चार बिच्छेद भएको उक्त घटनालाई धेरैले सामान्य रुपमा लिए । यसका पछाडि रहेको गम्भीर चलखेल भने असामान्य थियो ।

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएपछि देशभरका दुई करोड भन्दा बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।

राष्ट्रियताको मामलामा कठोर रहेका नेपाली जनता सञ्चार सेवाबाट वञ्चित भएपछि आक्रोश पोखेका थिए । सरकारी संस्थाको प्रवर्द्धन गर्नपर्छ भनेर नेपाल टेलिकमको मोबाइल मात्र प्रयोग गर्दै आइरहेका राष्ट्रवादी नेपालीलाई नेपाल टेलिकमको सेवा अवरोधले ठूलो झट्का दिएको थियो ।

यो र यस्तै चलखेलका कारण टेलिकम धरासायी हुने जोमिख बढेको छ । टेलिकमले हाम लोकेसन रजिष्ट्रेशन (एचएलआर) प्रविधिले काम नगर्दा कल फरवार्ड हुन नसकेकाले सेवा रोकिएको भन्दै आएको छ । अर्कातिर टेलिकम सञ्चालक समितिले यसमै छानबिन समिति बनाएको छ ।

त्यसले बेलामा काम भने गर्न पाएन । सेवा अवरुद्ध भएको विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले व्यापार प्रमुख प्रतिभा वैद्यको संयोजकत्वमा असार ९ गते ७ दिनको म्याद तोकेर ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिले तोकिएको म्याद सकेर बल्ल छानबिन गर्न सुरु गरेको छ । स्रोतका अनुसार उक्त चलखेल र छानबिनमा ढिलाइका पछाडि टेलिकम उच्च व्यवस्थापनको हात रहेको पाइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीकै दबाबका कारण छानबिन गर्न ढिलाइ गरेको स्रोतको दाबी छ । गम्भीर संवेदनशील प्रमाणहरु नष्ट गर्ने उद्देश्यले छानबिन पछि सार्दै आएको स्रोतको भनाइ छ ।

टेलिकमको नेतृत्वमा भ्रष्ट प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले राष्ट्रवादी नेपालीलाई ठूलो धोका भएको छ । एनसेल लगायत अन्य मोबाइल प्रदायक संस्थाको नेटवर्कमा कहिल्यै समस्या नआउने तर टेलिकमको सेवामा बारम्बार समस्या आउनुलाई सामान्य रूपमा लिएका छैनन् ।

नेपाल टेलिकमको उच्च स्रोतका अनुसार संस्थाका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र एनसेल अक्जियाटा लिमिटेडका प्रतिनिधिबिच केही समयअघि रहस्यमय भेट भएको थियो । ‘एक प्रतिस्पर्धी संस्थाका प्रमुख र प्रतिनिधिबिच भेटघाट हुनु रहस्यको कुरा हो । मलाई लागेको थियो केही दिनमा यस्तो समस्या आउँछ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘केही नभए पनि १ अर्ब भन्दा धेरैमा डिलिङ भएको छ । नेतादेखि कर्मचारी सबैलाई मिलाउँदा एनसेलले ठूलो रकम दिएको हुन सक्छ ।’

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको